अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

दाताको खर्चमा सांसदलाई तालिम

बिआरटीनेपाल २०७५ जेठ २२ गते २१:०० मा प्रकाशित

संसद् सचिवालयले सरकारी बजेट थन्क्याएर दाताको बजेटमा संघीय संसद्का ३ सय ३४ सांसदलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण दिन लागेको छ । 

संसद् सचिवालयले संसदीय प्रशिक्षण शीर्षकमा ३७ लाख ५० हजार रुपैया बजेट छुट्याएर पनि राष्ट्रंघीय विकास कार्यक्रम युएनडीपि को लगानीमा नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दुईदिने प्रशिक्षण राखेको हो ।

बुभबार सुरु हुने प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसदलाई सहभागी गराउने जनाईएको छ ।

प्रशिक्षण आयोजक संसद् सचिवायलय भनिए पनि सम्पुर्ण खर्च युएनडिपीले बेहोर्ने जानकारी श्रोतले दियो । आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू