अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

राजपाको वैधानिकता संकटमा

बिआरटीनेपाल २०७५ जेठ २२ गते २०:५८ मा प्रकाशित

आफैले तोकेको म्यादभित्र महाधिवेशन गर्न नसकी दलको वैधानिकतामाथि नै प्रश्न उठ्ने परिस्थिती उत्पन्न भएपछि राष्ट्रिय जनता पार्टीले समस्याको समाधान खोज्न गृहकार्य सुरु गरेको छ । 

मधेसकेन्द्रित ५ वटा दल एकीकृत भई बनेको राजपाले विर्नाचन आयोगमा दल दर्ता गर्दा आगामी असार मसान्तभित्र महाधिवेशन गरिसक्ने प्रतिबद्धता जनाएको थियो ।

दलको वैधानिकता जोगाउने उपाय खोज्न राजपा अध्यक्षमण्डलको बैठक मंगलबार बसेको थियो ।

हामीले सबै समसामयिक विषयमा छलफल गर्यौँ अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भने, बुधबार पनि बैठक बस्नेछ र आवश्यक निर्णय हुनेछ ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू