अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

सन्दीप लामिछानेले अब क्यानडाको ग्लोबल टि–२० लिगमा पनि खेल्ने

बिआरटीनेपाल २०७५ जेठ २२ गते ७:२६ मा प्रकाशित

(आईपिएल) मा छनौट भए देखि नै चर्चाको चुलिमा रहेका लेग स्पीनर सन्दीप लामिछानेले अब क्यानडाको ग्लोबल टि–२० लिगमा पनि खेल्ने भएका छन् ।  

कुल ६ टिम संलग्न यस लिगमा सन्दीपलाई मन्टरियल टाइगर्सले आफ्नो टिमको लागि छनौट गरेको हो । उक्त टिममा सन्दीप सँगै अन्तर्राष्ट्रिय क्रिकेटका धुरन्धर वेष्ट इन्डीजका सुनिल नारिन, श्रीलंकाका थिसारा परेरा र लासिथ मालिंकाको साथै पाकिस्तानका मोहम्मद हफिज पनि छन् ।

डबल राउन्ड लिग आधारमा खेलिने यो प्रतियोगिता २८ जुन देखि सुरु भइ १५ जुलाई सम्म सम्पन्न हुनेछ । गत फेब्रुअरीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले यो प्रतियोगिता आयोजनागर्न स्वीकृति दिएको थियो ।

सन्दीपले मे ३१ मा विश्व ११ बाट क्रिकेट खेलेका थिए भने अब वेष्ट इन्डीजको टि–२० लिग क्यारेबियन प्रिमियर लिग खेल्ने पनि तालिका रहेको छ ।

यो सँगै सन्दीप नेपालबाहेक अरु ३ देशको क्रिकेट लिग खेल्ने पहिलो नेपाली खेलाडि भएका छन्

प्रतिक्रिया