अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१६ | Colorodo: 07:31

सहकारी बचतकर्ताको १० अर्ब ठगी गरेका सुधीर बस्नेत जेलबाट रिहा

बिआरटीनेपाल २०७५ जेठ २२ गते ७:२० मा प्रकाशित

१० अर्ब ठगी प्रकरणमा सदरखोर डिल्लीबजारको थुनामा रहेका सुधीर बस्नेत धरौटीमा छुटेका छन् । घर जग्गा व्यवसाय र सहकारी बचतकर्ताको १० अर्ब ठगी प्रकरणमा काठमाडौं, भक्तपुर र स्याङजा जिल्ला अदालतमा मुद्दा खेपिरहेका बस्नेत तीनै अदातलले धरौटीमा रिहाको आदेशपछि सोमबार छुटेका हुन् ।

ओरेन्टल सहकारी, कोहिनूर हिल (हाउजिङ) आयुसा बिल्डर्सलगायत आठ कम्पनी तथा संस्थाका सञ्चालक बस्नेत २०७३ पुस १३ मा पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले बस्नेतलाई ठगी मुद्दामा २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार जरिवाना तथा ठगीकै अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो ।

यस्तै भक्तपुरले पनि २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना असुल हुने फैसला सुनाएको थियो । जेल सजाय काटेपछि बस्नेत जरिवाना तिरेर छुटेका हुन् । बस्नेत सोमबार नै छुटे पनि डिल्लीबजार सदरखोरले मंगलबार बस्नेत छुटेको पुष्टि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू