अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३ | Colorodo: 08:18

अमेरिकामा आइपिएल(भारोत्तोलन) का स्वर्ण पदक विजेता रूप कार्की प्रशिक्षण दिन मातृभूमि नेपाल जाँदै

विजय थापा २०७५ जेठ २१ गते २२:५० मा प्रकाशित

नेपालको रुपन्देही स्थायी घर भई हाल अमेरिकाको डिसी क्षेत्रमा डेढ दशक देखि बस्दै आएका आइपिएल(भारोत्तोलन )का स्वर्ण पदक विजेता रूप कार्की भारोत्तोलनको प्रशिक्षण दिन मातृभूमि नेपाल जाने भएका छन् ।

आगामी जुन ११ तारिख अमेरिकाबाट नेपाल उड्ने भएका छन् । उनी काठमाडौँ, पोखरा, धरान, बुटवल लगायत सहरमा भारोत्तोलन सम्बन्धी विशेष तालिम दिने हेतुले जान लागेका हुन् ।

गैरआवसीय नेपाली सङ्घ अमेरिकाको खेलकुद समितिका सदस्य हुन् । कार्कीले गत वर्ष नोभेम्बर १९ तारिख एटलान्टा आइपिएल, इन्टरनेसनल पावर लिफ्टइङ्ग प्रतियोगिता आफ्नो तौल समूहमा स्वर्ण जिती नेपालको नाम विश्वमा पुराउन सफल भएका थिए । उनले कुल १४ सय पाउन्ड उठाई उनले स्वर्ण पदक प्राप्त गरेका थिए ।

उनी नेपालमा भारोत्तोलन खेलको कमी भएको महसुस गरिएकोले गैरआवसीय नेपाली सङ्घ अमेरिकाको सहजीकरणमा सिकेको सीप आफ्नो मातृभूमिमा सिकाउने उद्धेश्यले एक अत्याधुनिक र अन्तर्राष्ट्रिय स्तरीय भारोत्तोलन प्रशिक्षण दिने उद्धेश्यले कार्की नेपाल जाने भएका हुन् ।

एनआरएन अमेरिकासँगको समन्वय तथा कार्कीको बिदाइ एवम् अन्य चिजको व्यवस्थापनको पहल गर्दै आई रहेका भर्जिनिया निवासी ददिराम ढुंगानाले उक्त दिन कार्कीलाई बिदाइ गर्न विमानस्थलमा आई दिनु हुन् समेत आग्रह गरेका छन् ।

कार्की उनी शरीर बनाउन कुनै औषधीको सेवन नगरेका (ड्रग टेस्टेड) समूहमा प्रतियोगितामा भाग लिने भारत्तोलक खेलाडी हुन् । नेपाली समुदायमा अमेरिकाको अहिलेसम्मको इतिहासमा नेपाली मूलका भारत्तोलक रूप कार्की एक मात्र भारोत्तोलन खेलाडी हुन ।

अमेरिकामा विश्वभरका अधिक वजन (हेभिवेट) भारत्तोलकहरु प्रतिस्पर्धी रहने सो प्रतियोगितामा छनोट हुने कार्की पहिलो नेपाली मूलका अमेरिकन हुन् । कार्कीले विभिन्न स्थानीय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरूमा सहभागिता पनि जनाई स्वर्ण पदक हासिल गरी सकेका छन् ।

नियमित र निरन्तर अभ्यासले सफलता दिलाएको भन्दै कार्कीले भारोत्तोलन लगायत सबै खेलको विकासका नेपाली मूलका नेपाली अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

प्रसिद्ध आइपिएल भारोत्तोलनका स्वर्ण पदक विजेता कार्कीको लागि हवाई जहाजको टिकट एरो नेपाल ट्राभल्सका राकेश तुलाधर खेलाडीलाई हौसला दिन सौजन्य गरेका छन् । यसको साथै उनलाई प्रशिक्षण र प्रबन्धको व्यवस्था प्रकाश राई, बुद्धि कार्की, प्रदिप घिमिरे, सरिता घिमिरे र सुकीर्ति अधिकारीले सौजन्य गर्ने भएका छन् ।

प्रतिक्रिया