अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

पूर्व मिस नेपाल मलिना जोशी -मिस नेपाल यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा नियुक्ति

विजय थापा २०७५ जेठ २१ गते २२:४३ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी नियुक्ति भएकी छिन् । टेक्ससको ड्यालसमा आगामी अगस्ट १९ ,२०१८ आइतबारका दिन हुने उक्त कार्यक्रमको लागि मलिनालाई छनौट गरिएको आयोजकले जानकारी दिएका छन् ।

सन् २०१४ मा पनि मिस नेपाल यूएस को आधिकारिक प्रशिक्षक बनी सकेकी मलिनालाई दोस्रो पटक पुन:आयोजक संस्थाले नियुक्त गरेको हो। मलिना एसियन पेन्ट्स कि ब्रान्ड इन्डोरसर ,डिस होम कि ब्रान्ड सद्भावदुत, मिस भुटान युएसए कि आधिकारिक कोरियोग्राफी, मिस नेपाल क्यालिफोर्निया कि आधिकारिक कोरियोग्राफी, विश्व वन्य जन्तु नेपाल कि पूर्व युवा संरक्षण लगायतमा उनले काम गरी सकेकी छिन् ।

मिस नेपाल यूएस २०१८ को विजेतालाई $ ५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिने छ । साथै प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ वर्षका युवतीहरू प्रतियोगितामा सहभागिता लिन पाउने छन् । उक्त प्रतियोगिताको आवेदन खुला भएकोले प्रतियोगीहरुले निवेदनहरू दिन सुरु गरी सकेका छन् । जुन २३ तारिख दरखास्त दिने अन्तिम म्याद रहेको छ ।

साथै नेपाली अमेरिकी युवा प्रतिभा, सुन्दरता, संस्कृति, ज्ञान र शक्तिलाई समाजको नेतृत्व गर्न र उल्लेखनीय प्रभाव छोड्नको लागि प्रदर्शन गर्न आयोजकले आव्हान गरेका छन् । ​

विस्तृत जानकारीको लागि यसको साथै आधिकारिक सञ्जाल (वेब साइट ) https://www.missnepalus.com/ मा जान सकिए छ भने आयोजकहरूसँग यस इमेल मार्फत Organizer@missnepalus.com सम्पर्क गर्न सकिने छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू