अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले प्राविधि शिक्षा तर्फ पनि छात्रबृतिको सुरुवात

बिआरटीनेपाल २०७५ जेठ २१ गते १३:५८ मा प्रकाशित

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्य गर्दै आइरहेको कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ, ले प्राविधि शिक्षा तर्फ पनि यस वर्ष देखि छात्रबृतिको सुरुवात गरेको छ । राष्ट्रभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने गराउने कलेजहरूको सहयोगमा गरिब, जेहेन्दार, विद्यार्थीहरूको लागि छात्रबृद्धि प्रदान गर्न लागिएको हो । काठमाण्डौंको मैतीदेविमा रहेको सूचना प्रविधि विषयमा अध्यापन गराउने कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा यस वर्ष ४९ जना विद्यार्थीहरूलाई छात्रबृद्धि प्रदान गर्न लागिएको हो ।

‘नेसनल आईसीटी स्कलरसिप– २०७५’ नाम दिई देशको सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रा लाई पूर्ण छात्रबृति र बाँकी ४२ जनालाई आंसिक छात्रबृति प्रदान गरिने छ । ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पु¥याउनमा यस कार्यले टेवा पुग्ने विश्वास लिइएको छ । छात्रवृत्ति प्रदान गर्नेसम्बन्धी आज क्यान महासङ्घका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउण्डसनका तर्फबाट फाउन्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरी जानकारी गराउने उद्देश्यले यो कार्यक्रको आयोजना गरेका छौँ ।

फिमेल मेरिट आईसीटी स्कलरसिप प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१ जनालाई प्रदान गरिनेछ । सम्झौताअनुसार ४९ जना विद्यार्थीले एक करोड ८३ लाख ३६ हजार पाँच सय रुपैयाँबराबरको छात्रवृत्ति पाउनेछन् ।

छात्रबृति प्राप्त विद्यार्थीहरूले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटि अफ टेक्नोलोजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तर्गत वि एस सी आईटीको अध्ययन गर्न पाउने छन् । मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अङ्कसहित प्लस टु अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अङ्क ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि अवेदन दिन सक्न्छन् । छात्रबृतिका लागि कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूले पनि आवेदन दिन सक्ने छन् ।

छात्रवृत्ति प्रदान गर्नका लागि क्यान महासङ्घले जिल्ला, प्रदेश र केन्द्रीय स्तरको छात्रबृति छनौट समिति गठन गर्ने छ । छनौट समितिले कक्षा १० र कक्षा १२ को प्राप्त अङ्क, स्थायी बसोबास, आर्थिक अवस्था र स्थानीय सरकारको सिफारिसका आधारमा छनौट गर्ने छ ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीले क्यान महासङ्घको वेबसाइट www.can.org.np र लर्डबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइट www.lbef.org बाट २०१८ जुलाई २५ तारिखभित्र आवेदन दिनुपर्नेछ । आवेदन दिँदा एउटा फोटो, नागरिकता या जन्मदर्ता प्रमाणपत्र, कक्षा १० र १२ को मार्कसिटको प्रतिलिपि, कक्षा १२ को प्रवेशपत्र र स्थानीय सरकारको सिफारिसपत्र पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया