अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२१ | Colorodo: 22:36

अवैधरुपमा बसेका आप्रवासिलाई देश छोड्न मेलेसियाली गृहमन्त्रालयको निर्देशन

बिआरटीनेपाल २०७५ जेठ २१ गते १०:४० मा प्रकाशित

मलेसियाको अध्यागमन विभागले अवैधानिक नागरिकमाथि कारबाही सुरु गरेको छ । मेलेसियाली गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासी कामदारलाई तत्काल स्वदेश फर्कन आग्रह गरेको छ ।

आगामी अगष्ट ३० सम्म आफ्नो देश नफर्किए त्यस्ता कामदार र उनीहरुलाई रोजगारी दिने रोजगारदाता कम्पनीलाई समेत कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

गैरकानुनी आप्रवासी कामदारलाई अघिल्लो वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समयावधि दिएकोमा यो वर्ष जनवरीदेखि जुन ३० सम्मका लागि समयावधि थपेको थियो।

उक्त विज्ञप्तीमा गैरकानुनी आप्रवासी कामदार वैधानिक हुन दिइएको समयसीमा अब नथपिने बताइएको छ । मलेसियामा नयाँ सरकार बनेसँगै त्यहाँको गृहमन्त्रालयले अवैधानिक कामदारलाई हटाउन कडा कदम चालेको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन्।

अध्यागमन बविभागले मलेसियाका विभिन्न स्थानमा छापामार्दा एकै दिन ३ सय बढी कामदारलाई पक्राउ गरी अवैधानिक कामदारमाथि कारबाहीको प्रक्रिया सुरु गरेको हो ।

शुक्रबार बिहान देखि धरपकड सुरु गरेको अध्यागमन बिभागले विभिन्न ठाउँमा बाट १ हजार ३५ जनालाई पक्राउ गरेको जनाएको छ।

धेरै अवैध आप्रवासीहरू जंगलबाट पक्राउ परेका छन् । हालसम्म प्रहरीले २ हजार ५ सय जना भन्दा अवैधानिक कामदारलाई पक्राउ गरिसकेको विभिन्न सन्चार माध्यले जानकारी दिएका छन ।

पक्राउ परेकाहरू कुन कुन देशका कति नागरिक छन भनेर प्रहरी ले सार्वजनिक भने गरेको छैन। मलेसियामा विभिन्न देशका गरि अझै १ लाखको हाराहारीमा अबैधानिक कामदार रहेका छन।

झन्डै ७ लाख नेपाली कामदार कार्यरत रहेको मलेसियामा अबैधानिक रुपमा काम गरिरहेका नेपालीको सङ्ख्या हजारौं रहेको यहाँस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

यसरी अबैधानिक रूपमा काम गरिरहेका आफ्ना नागरिकलाई तत्काल आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फर्कन समेत नेपाली दूतावास मलेसियाले आग्रह गरेको छ ।

स्वदेश फर्कन चाहने अवैधानिक नेपाली कामदारले आफ्नो पहिचान खुल्ने परिचय पत्र नागरिकाता र राहदानीको प्रतिलीपी० सहित दुई प्रति फोटो लिएर दूतावासमा गई एक तर्फी यात्रा अनुमतिपत्र बनाउन सक्नेछन् ।

यात्रा अनुमतिपत्र बनाएपछि त्यहाँको अध्यागमन विभागमा गएर आर एम ४ सय जरिवाना तिरेपछि चेक आउट मेमो बनाउन सकिने क्वालालम्पुर स्थित नेपाली दुतावासले जनाएको छ । मेलेसियमा अनुमानित २५ हजार जति नेपालीहरु अवैधानिक रुपमा बस्दै आएको हुनसक्ने एक सुत्रले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू