अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४३ | Colorodo: 06:58

ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ को मृत्यु

बिआरटीनेपाल २०७५ जेठ २१ गते १०:३५ मा प्रकाशित

ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ ।

उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसमा परी अरु करिब २०० जना घाइते भएका छन् । यहाँको सेना र प्रहरीले उद्धारको काम जारी राखेको छ । जसका कारण ठूलो संख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको छ ।

स्थानीयवासीलाई उद्धार गरेर अर्काे स्थानमा सार्न पनि ठूलो संख्यामा सेना परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । आइतबार राति भएको यस विस्फोटमा परी कम्तीमा पनि १७ लाख मानिस प्रभावित भएका छन् ।

त्यसैगरी यस प्रकोपका कारण उक्त ज्वालामुखी विस्फोट भएको क्षेत्रका करिब तीन हजार नागरिकलाई अन्यत्रै सारिएको छ । यहाँका उद्धारकर्मीले यस ज्वालामुखी निकै शक्तिशाली भएकोले यसबाट ठूलो क्षति हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू