अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्छौँ : प्रचण्ड

बिआरटीनेपाल २०७५ जेठ २१ गते १०:२५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली लागू गर्ने सोचका साथ अगाडि बढेको खुलासा गरेका छन्। नेपाल पत्रकार महासङ्घ प्रदेश ४ ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बनेपछि सबैको ध्यान कार्यकारी राष्ट्रपति प्रणालीमा गएको भन्दै उनले कार्यकारी राष्ट्रपति रहने प्रणाली लागू गर्ने खुलासा गरेका हुन् ।

तत्कालै यसलाई अघि सारेर विकासलाई भड्काउने काम गर्दैनौँ भन्दै दाहालले काँग्रेसलाई शान्त पार्ने प्रयास पनि गरे । तर मुलुकको दिगो विकास र समृद्धिका लागि कार्यकारी राष्ट्रपति अति आवश्यक भएको दाहालको तर्क छ । आगामी दिनमा निर्वाचन प्रणालीलाई सुधार गरी राष्ट्रपतिय प्रणालीको पक्षमा सहमति जुटाउन दलहरूबिच छलफल र बहस चलाउने अध्यक्ष प्रचण्डले बताएका छन् ।

आफूहरूको ध्यान कार्यकारी राष्ट्रपति मा नै भएको भन्दै दाहालले नेतृत्व तहमासमेत सर्वसम्मति भैसकेको दाबी गरे । अब जनताकाबीचमा छलफल चलाउने उनले बताए । पछिल्लो समय नेपालमा कम्युनिस्ट र काँग्रेसबिच शासन प्रणालीका बारेमा मतभेद बढ्दै गएको छ । अहिलेको शासन प्रणाली संविधानअनुसार नै छ । अर्थात् कार्यकारी प्रधानमन्त्री, सवैधानि राष्ट्रपति ।

संविधान बनाउने बेलामा पनि नेपाली काँग्रेसले संसदीय व्यवस्थाभित्र रहेर कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने अडान लिएको थियो । संसदीय व्यवस्थाको विरोधी भनिने तत्कालीन माओवादीले पनि काङ्ग्रेसकै अडानलाई मानेर संविधान जारी गर्न तयार भयो ।

तर अहिले समय बदलिएको छ । एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको सरकार छ । संसद्मा पनि यही दलको बहुमत छ । अब संविधान संशोधन गरेर शासन व्यवस्था परिवर्तन गर्न सक्ने अवस्थामा कम्युनिस्टहरू पुगेका छन् । यसैको झल्को आज नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू