अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५१ | Colorodo: 19:06

गजल

सुशीला खड्का `हसिना´ २०७५ जेठ २० गते २०:५८ मा प्रकाशित

अँगालोमा जसलाई बेर हात मेरै हो नि
आँखा भित्र जो जो राख साथ मेरै हो नि

बगैँचाको फुल हेर सबैलाई लोभ्याउछ
तिमीलाई लोभ्याउने मीठो बात मेरै हो नि

जति गर्छौ कुरा गर पर पर दुनियाँको
दिन भुल्दै गएपनी प्यारो रात मेरै हो नि

आकाश झैँ खुल्दै जान्छौ जब साँझ परेपछि
जवानीमा लठ्याउने रंगिन मात मेरै हो नि

बेहोसीमा डुब्दै गयौ मात्र माया भित्र सधैँ
जिन्दगीमा ब्युँझाउने सूत्र खास मेरै हो नि

प्रतिक्रिया