अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

सर्वोच्चको आदेश पालनामा आलटाल : प्रेरणाले अझै छाडिनन् ‘विजया घर’

बिआरटीनेपाल २०७५ जेठ २० गते २०:५० मा प्रकाशित

प्रेरणा राज्यलक्ष्मी सिंहले ऐतिहासिक विजया घर छोड्न अटेरी गरेकी छिन् । 

पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले छाउनीस्थित १५ रोपनीमा रहेको घरजग्गा बुबाले दाइजोमा दिएको भन्दै छोड्न अटेर गरेकी हुन् ।

सर्वोच्च अदालतले सार्वजनि सम्पत्ति कसैका नाममा दाइजो पदिन नपाइने भन्दै उक्त घरजग्गा नेपाल ट्रस्टका नाममा ल्याई संरक्षण गर्न निर्देशनात्मक आदेश यसअघि नै गरिसकेको छ ।

राजसंस्थाको सम्पत्ति राष्ट्रहितविपरीत व्यक्तिगत रुपमा आफूखुसी दान, बकस, दाइजो, पेवा राजीनामा दिन वा कुनै पनि किसिमबाट हस्तान्तरण गर्न नहुने सर्वोच्चको आदेश छ ।, आजकोनागरिकदैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू