अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

सारापोभा फ्रेन्च ओपनको प्रिक्वार्टरफाइनलमा

बिआरटीनेपाल २०७५ जेठ २० गते १८:४३ मा प्रकाशित

दुईपटककी विजेता मारिया सारापोभा फ्रेन्च ओपन टेनिस प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुगेकी छिन् । सारापोभा र पूर्वविजेता सेरेना विलियम्सबीच प्रतिस्पर्धा हुने सम्भावना छ । प्रतियोगिताको शनिबार तेस्रो चरणमा सारापोभाले छैटौँ वरीयताकी कारोलिना प्लिस्कोभालाई ६–२ र ६–१ को सीधा सेटमा हराइन् । प्रतियोगितामा २८औँ स्थान पाएकी सारापोभा गत वर्ष सेमिफाइनलबाट बाहिरिएकी थिइन् ।

पहिलो ग्रान्डस्लाम
छोरी जन्मेपछि अमेरिकी खेलाडी सेरेनाको यो पहिलो ग्रान्डस्लाम सहभागिता हो । दोस्रो चरणसम्म उत्कृष्ट नतिजा निकालेकी सेरेनाले अब जर्मन खेलाडी जुलिया गोर्गसको सामना गर्दै छिन् । सेरेनाले अहिलेसम्म २३ ग्रान्डस्लाम उपाधि जितेकी छिन् ।

यता अन्तिम १६ मा पुगेकी सारापोभाले उत्कृष्ट खेल देखाउन बाँकी रहेको जनाइन् । ‘फ्रेन्च ओपनमा अझै योभन्दा राम्रो नतिजा निकाल्न बाँकी छ,’ उनले भनिन्, ‘मैले शतप्रतिशत नतिजा दिन सकेकी छैनँ ।’

नाडाल अगाडि बढ्दै
पुरुषतर्फको साबिक विजेता राफेल नाडाल अन्तिम १६ मा पुगेका छन् । नाडालले तेस्रो चरणमा रिचार्ड गास्वेटलाई ६–३, ६–२ र ६–२ को सीधा सेटमा हराउँदै अन्तिम १६ को स्थान पक्का गरेकी हुन् । स्पेनिस खेलाडी नाडाल ११औँ फ्रेन्च ओपन उपाधि जित्ने अभियानमा छन् ।

चौथो चरण स्थान पक्का पार्न उनले २ घन्टा ५८ मिनेट समय खर्चेका थिए । आइतबार नाडाल ३१ वर्षका हुनेछन् । नाडाले अब चौथो चरणमा जर्मन खेलाडी म्यासिमिलन माटेरविरुद्ध खेल्नेछन् । म्यासिमिलनले तेस्रो चरणमा इस्टोनियाका जर्गेन जोपलाई ६–२, ६–१ र ६–४ ले हराए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू