अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४५ | Colorodo: 08:00

आत्मसमर्पण गरेका छिरिङ जेल चलान

बिआरटीनेपाल २०७५ जेठ २० गते १०:५० मा प्रकाशित

विराटनगर, साढे ३३ किलो सुनकाण्डका मुख्य अभियुक्त मध्येका छिरिङ वाङ्गेल घले जेल चलान भएका छन् । जिल्ला अदालत मोरङको फैसला अनुसार छिरिङलाई पुर्पक्षका लागि मोरङ कारागार लगिएको छ । उनी अर्का अभियुक्त भुजुङ गुरुङका साला पनि हुन् । बिहान अदालतमा आत्मसमर्पण गरेलगत्तै घलेले इन्कारी बयान दिएका थिए । बयानमा छिरिङले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका हुन् ।

तर मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’ले भने सुन तस्करीको सेटिङ मिलाउने काम छिरिङले गरेको र उनकै मातहतमा आफूले भरियाको नेतृत्व गरेको बयान दिएका थिए । बिहान ११ बजेपछि सुरु भएको बयानमा छिरिङले गोरे लगायतको समूहले आफूलाई फसाउन झुटो बयान दिएको आरोप समेत लगाए । आफू डा. डेविट नभएको दाबी गर्दै उनले गोरेले भनेको छिरिङ अर्कै हुनसक्ने तर्क पनि गरेका थिए । गृह मन्त्रालयलबाट गठित छानबिन समितिको अनुसन्धानका आधारमा जिल्ला अदालत मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू