अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३ | Colorodo: 04:58

ट्याक्सी चालकको महानायक हमालप्रति यस्तो गुनासो, धरधरि रुँदै पोखे आफ्नो पिडा [हेर्नुहोस् भिडियो]

बिआरटीनेपाल २०७५ जेठ २० गते ९:५४ मा प्रकाशित

भक्तपुर, मनबहादुर विश्वकर्मा लामाके, स्यांग्जाका स्थायी वासिन्दा हुन्। हाल उनी धापाखेल, काठमाडौँ बस्दै आएका छन्। उनको परिवारमा उनको तिनवटा सन्तान, उनकी श्रीमती सहित जम्मा ५ जना सदस्य छन्। उनी पैसा कमाउन भनेर आफ्नो स-परिवार सहित काठमाडौँ आएका थिए।

काठमाडौँ आउनासाथ उनले केही काम नपाएकोले बदाम बेच्न थाले। बदाम बेचिरहेको बेला एकजनाले उनलाई ट्याक्सी चलाउने सुझाव दिए। त्यहीँ सुझाव अनुरूप उनले ट्याक्सी चलाउने निधो गरे। ट्याक्सी चलाउन सिके। लाइसेन्स निकाले। आफ्नै ट्याक्सी समेत किने।

बैङ्कमा बिस लाख ऋण लिएर उनले एउटा ट्याक्सी किने। उनको ट्याक्सीमा एकिदिन महानायक राजेश हमाल चढेका थिए। उनको ट्याक्सी फोहोर भएकोले राजेश हमालले गुनासो गर्दै के हो भाइ मान्छे यति सफा छौ ट्याक्सी चाही किन यत्तिधेरै फोहोर। हिरो चढ्ने ट्याक्सी यस्ती फोहोर हुन्छ ? भनेर भनेका थिए। राजेश हमालले त्यसो भने पछि उनले अरूको ट्याक्सी भन्दा आफ्नो ट्याक्सी फरक र चिटिक्क पार्ने सोचे।

उनले आफ्नो ट्याक्सीमा पुराना नोट टासे। झुम्का, घण्टी झुन्डाए। उनले आफ्नो ट्याक्सीमा सजाउन राखेका समान सबै यात्रुले नै उनलाई उपहार र सम्झना स्वरूप दिएको उनी बताउँछन्। उनको यस्तो सोच कसरी आयो त? यसमा पनि एउटा घटना सम्बन्धित छ।

एकदिनको कुरा हो उनको ट्याक्सीमा स्वर्गीयर श्री कृष्ण श्रेष्ठ चढेका थिए। उनको मन पर्ने नायक भएकोले उनी आफ्नो ट्याक्सीमा चढाउन पाएकोमा मख्ख त थिएनै साथै उनले सम्झना स्वरु केही मागे। श्री कृष्णले पनि पाँच रुपैयाँको नोटमा केही लेखेर दिए। उक्त नोट उनले आफ्नो ट्याक्सीमा अझै टासेर राखेका छन्। त्यसरीनै अरू यात्रुले पनि उनलाई पुराना नोट, पुतली, मूर्ती, झुम्का दिन थाले।

उनको ट्याक्सी अरूको भन्दा भिन्न छ। त्यसैले यात्रुहरू उनको ट्याक्सीमा चढ्न तछाडमछाड नै गर्दछन्। उनको ट्याक्सी भित्र डीस होमको टिभी र माइक समेत छ। यात्रु लाई रमाइलो होस् भन्ने सोचेर उनले माइक गीत गाउनको लागि राखेको उनी बताउँछन्। जति पनि यात्रु उनको ट्याक्सीमा चढ्छन् सबैले अहिले सम्म सकारात्मक प्रतिक्रिया दिएका छन्।

यसरी नै यात्रु खुसी पारेर उनी आफ्नो जिविको पार्जन गरिरहेका छन्। दुइटा छोरा एउटी छोरी उनले बालुवाटार स्थित न्युटन स्कुलमा पढाएका छन्। आर्थिक अवस्था कम्जोर भएकाले विद्यालयले उनीहरूलाई एक छोरा बाहेक अरू दुई जनालाई फुल स्कोलरशिप दिइएको छ। एक छोरालाई भने उनले पैसा तिरेर नै पढाएका छन्।

उनको घरमा अपाङ्ग श्रीमती छिन्। बम प्रहारमा परेर उनको श्रीमतीको दुई वटा खुट्टा र एउटा हात गुमेको छ। आफ्नो अपाङ्ग श्रीमतीको उपचार गर्न पनि उनी दिनरात काममा घोटिने गर्दछन्। ट्याक्सी ऋणमा लिएकोले किस्ता पनि तिर्नै पर्‍यो। उता श्रीमतीको उपचार पनि गर्नै पर्‍यो। ५ जनाको परिवार धान्न उनलाई निकै गाह्रो परेको छ। त्यहीँ पनि उनी जसोतसो गुजारा चलाइरहेका छन्।

केही समय अगाडी उनको श्रीमतीलाई उपचार गरिएको थियो। उपचारको क्रममा नशा जुधेर अहिले उनलाई छोप्ने, आफ्नो जिब्रो आफै तोक्ने जस्तो अर्को रोग लागेको छ। आफ्नो अपाङ्ग श्रीमतीको उपचारको लागि उनले आपंग कार्ड बनाएर धेरै ठाउँमा सहोयोगको लागि अपिल गरे। तर कतैबाट पनि सहयोग जुटेन। अन्ततः: उनले कसैमार्फत सहयोग होला भन्ने आस नै मारे।

उनको उपचार गर्न धेरै खर्च लाग्ने भएकोले सहयोग गर्न चाहाना सहयोगी मनहरूलाई यो तलको नम्बरमा सम्पर्क गर्न विनम्र अनुरोध गरिन्छ। साथै धेरै भन्दा धेरै दर्शकमाझ यो भिडियो पुर्‍याउनको लागि शेयर गरेर पनि सहयोग गर्दिनुहोला। तपाईहाम्रो सानो सहयोगले कसैको जीवन बाच्छ भने हामी किन सहयोग नगर्ने।

सहयोगको लागि सम्पर्क :
मन बहादुर विश्वकर्मा : ९८४१२७८७५५
खाता नं. : १९१००१७५००३६८ (नबिल बैङ्क)

प्रतिक्रिया