अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

बरिष्ठ दोहोरी गायिका धन कुमारी थापा सरु तथा गायक विक्रम थापाको आज मुड चल्या छ सार्बजानिक

सुर्य चन्द, काठमाडौँ २०७५ जेठ २० गते ९:२७ मा प्रकाशित

बरिष्ठ तथा चर्चित लोकदोहोरी गायिका धनकुमारी थापा (सरु), गायिका पूर्ण कला बिसी तथा लोक दोहोरी गायक विक्रम थापाको दोहोरी गीत “आज मुड चल्या छ दोहोरी गीत गाउँ”को म्युजिक भिडियो एक भव्य कार्यक्रम बिच सार्वजनिक भएको छ l दशकौँ देखि लोक गायन क्षेत्रमा लागेर चर्चित गीतहरू गाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउन सफल बरिष्ट लोक दोहोरी गायिका धन कुमारी थापा (सरु) , गायिका पूर्णकला बिसी र मिठो स्वरका धनी गायक विक्रम थापाको नयाँ दोहोरी गीत “आज मुड चल्या छ दोहोरी गीत गाउँ” साङ्गीतिक बजारमा आएको हो l

दरबारमार्गमा भएको एक कार्यक्रममा सो गीतको म्युजिक भिडियोलाई प्रमुख अतिथि नेपाली काँग्रेस क्षेत्रीय सभापति नुवाकोटका अर्जुन न्युपाने, विशेष अतिथि नायक कलाकार तथा ग्लोबल फिल्म अवार्डका अधक्ष्य नबराज श्रेष्ठ, अतिथिहरू संगीतकर्मी, सञ्चारकर्मी तथा स्रष्टा सुवास रेग्मी, सञ्चारकर्मी किरण प्रसाद अधिकारी, गीता अधिकारी, सरिता आचार्य, नायिका कसिश दाहाल, रोजिना भारती लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा म्युजिक भिडियोलाई बिमोचन गरिएको थियो l

म्युजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा तथा मोडल अन्जली अधिकारीको बेजोड नृत्य तथा अभिनय रहेको छ l शब्द तथा सङ्गीत कारण न्यौपानेको रहेको यस गीतको म्युजिक भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन् भने अजय रेग्मीले छायाङ्कन गरेका हुन l

कला र गलाको धनी बरिष्ट तथा चर्चित लोक गायिका धन कुमारी थापा सरुलाइ लोक संस्कृतिको एक धरोहर स्रष्टा मान्न सकिन्छ l नुवाकोट जिल्लामा जन्मेर काठमाडौँलाई कर्मथलो बनाएकी चर्चित लोक दोहोरी गायिका धन कुमारी थापा सरु विगत दुई दशक देखि आफ्नो कला, भाका, लोक संस्कृति र पहिचान जोगाउन तल्लीन छिन l नेपालमानै पहिलो पटक रोदी अर्थात् लोक दोहोरी साँझ खोलेर लोक दोहोरीलाई व्यावसायिक रूपमा अगाडी बढाएर निरन्तर रूपमा नेपाली लोक भाका, संस्कृतिको पहिचानलाई जिबन्तरुप दिन सफल चर्चित तथा बरिष्ट लोक गायिका धन कुमारी थापा (सरु) नेपाली लोक सङ्गीत क्षेत्रकी एक नक्षत्र बन्न सफल भएकी चर्चित गायिका हुन l निरन्तर रूपमा लोक सङ्गीतको साधना गर्दै आएकी गायिका धन कुमारीले दर्जनौँ चर्चित लोक गायक गायिकाहरू लाई समेत आफ्नो रोदी घर बाट उनीहरूलाई स्थापित बनाउँदै नेपाली लोक साङ्गीतिक फाँटमा उत्पादन गरिसकेकी छिन l तसर्थ पनि उनलाई लोकसंगीतको हस्ती मानिन्छ l उनी गायिका मात्र नभएर एक कुशल गीतकार पनि हुन ।

भिडियोलाई बिन्द्याबासिनी म्युजिकले बजारमा लिएर आएको हो l भिडियो हेर्नुहोस् :

प्रतिक्रिया