अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

अभिनेत्री आलियाले अाफ्नाे पारिश्रमिक बढाएर ९ करोड पुर्‍याइन् !

बिआरटीनेपाल २०७५ जेठ १९ गते २०:२८ मा प्रकाशित

 

पछिल्लाे समय निकै चर्चामा रहेकी बलिउड अभिनेत्री आलिया भट्टले अाफ्नाे पारिश्रमिक बढाएकी छिन् । उनले खेलेका फिल्म एकपछि अर्काे गर्दै हिट हुन थालेपछि उनले अाफ्नाे पारिश्रमिक बढाएकी हुन् ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार, बक्स अफिसमा लगातार आम्दानी गरिरहेको उनकाे पछिल्लाे फिल्म ‘राजी’को सफलताले उनी उत्साहित छिन् । यही कारण आलिया भट्टको ‘स्टारडम’ मात्रै बढेकाे छैन, उनले आफ्नो पारिश्रमिक पनि बढाएकी छिन् ।

उनले हालससम्म फिल्ममा ६ करोड रुपैयाँ लिँदै आएकी थिइन् । तर पछिल्लाे समय भने उनी महंगी अभिनेत्री हुँदै गएकी छिन् । हालै प्रदर्शनमा आएको उनको फिल्म ‘राजी’ ले बलिउड बक्स अफिसमा एक सय करोडको आंकडा पार गरि राम्रो सफलता प्राप्त गरेको छ । आलियाको यो फिल्म यस वर्षको तेस्रो सबैभन्दा बढी आम्दानी गर्न सफल फिल्म हो ।

पछिल्लाे समय अालिया रणवीर सिंहका साथ फिल्म ‘गली ब्वाय’ को सुटिङमा व्यस्त रहेकाे बताइन्छ । फिल्मलाई जोया अख्तरले निर्देशन गरिरहेकी छिन् ।

एजेन्सी :

प्रतिक्रिया