अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

देउकृष्ण देवानको निर्देशनमा बनेको ‘कञ्चनजंगा हिमालै’मा साङ्गे र श्रृष्टिको ठुम्का

बिआरटीनेपाल २०७५ जेठ १९ गते २०:२६ मा प्रकाशित

काठमाडौं ।केही साता अघि ‘तारेभीर’ फिल्मका निर्माता तथा कलाकार देउकृष्ण देवान लिंखा याख्खाको निर्देशनमा बनेको ‘कञ्चनजंगा हिमालैमा घामको पहिलो झुल्का’ गीतको भिडियो सार्वजनिक भईसकेको छ । देउकृष्ण देवानको निर्देशनमा बनेको यो गीतको भिडियोले दर्शकहरुबाट राम्रो प्रतिकृया आईरहेको छ ।

निर्देशक देउकृष्ण देवानले यस गीतको भिडियोलाई कालेम्पुङको रमणीय दृश्यहरुमा खिचेका छन् । देउकृष्ण देवानको निर्देशनमा बनेको यो पहिलो भिडियो हो । तर उनले यस अगावै आफ्नै फिल्म ‘तारेभीर’मा सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् ।

त्यस्तै उनको कार्यकारी निर्देशनमा धेरै म्यूजिक भिडियोहरु बनिसकेको छ । गीतसंगीत र फिल्म उद्योगमा आईसकेपछि आफूले सबै प्रकारको काम गर्न सक्नुपर्छ भन्ने धारणा राख्ने देउकृष्ण देवानले चाँडै अर्को गीतको भिडियो पनि दर्शकमाझ ल्याउँदै गरेको जानकारी गराएका छन् ।

‘कञ्चनजंगा हिमालैमा’ गीतलाई कालेम्पुङका गायक प्रनेश राईले आकर्षक स्वरवद्ध गरेका छन् । यो गीतको शब्द संगीत पनि गायक राईको आफ्नै रहेको छ । गीतलाई किरण क्षेत्रीले एरेञ्ज गरेका हुन् ।

भिडियोमा साङ्गे शेर्पा, श्रृष्टि खपुङ लोजिफुङले फिचरिङ गरेका छन् । भिडियोमा निर्देशक देवान र मौसम राना राईको कोरियोग्राफि रहेको छ । भिडियोलाई अनुप पौडेलले सम्पादन गरेका हुन् । निर्देशक देवानको यो भिडियोलाई नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो ।https://www.youtube.com/watch?v=GQgLG9LHQJU&feature=youtu.be

प्रतिक्रिया