अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०९ | Colorodo: 11:24

आजका पत्रपत्रिकाका सम्पादकीय : ‘आफ्नै ऐन बनाउन असक्षम संसद्

बिआरटीनेपाल २०७५ जेठ १९ गते २०:१२ मा प्रकाशित

गठन भएको चार र पहिलो बैठक तीन महिना बित्न लाग्दा पन संघीय संसद्ले आफ्ना लागि ऐन र नियमावली बनाउन नसक्नु आफैमा राष्ट्रिय लज्जाको विषय हो । 
कानुन् निर्माण गर्ने जिम्मेवारी रहेका संसद् यति लामो समयसम्म आफ्नै लागि बनाउनुपर्ने ऐन र नियमावली निर्माण प्रक्रियामा अल्झिनु कुनै हिसावले पनि सही हुनै सक्दैन, आजको नागरिक दैनिकमा ‘आफ्नै ऐन बनाउन असक्षम संसद्’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

त्यस्तै, शुक्रबार पाल्पाको तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा अकालमा १४ जनाले ज्यान गुमाएका छन् भने १० जना घाइते भएका छन्। साँघुरो सडकमा विपरीत दिशाबाट आएको मोटरसाइकललाई साइड दिने क्रममा सडक भासिएर लु२ख ९५७ नम्बरको बस दुर्घटनामा परेको हो। पाल्पाको रम्भा गाउँपालिका–४ हुमिन धारापानीमा सडक किनार भत्किँदा सो दुखद् घटना भएको हो।, आजको नेपाल समाचारपत्रले ‘दुर्घटना न्यूनीकरणमा गम्भीर बन’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

त्यस्तै, शुक्रबार पाल्पाको तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा अकालमा १४ जनाले ज्यान गुमाएका छन् भने १० जना घाइते भएका छन्। साँघुरो सडकमा विपरीत दिशाबाट आएको मोटरसाइकललाई साइड दिने क्रममा सडक भासिएर लु२ख ९५७ नम्बरको बस दुर्घटनामा परेको हो। पाल्पाको रम्भा गाउँपालिका–४ हुमिन धारापानीमा सडक किनार भत्किँदा सो दुखद् घटना भएको हो।, आजको नेपाल समाचारपत्रले ‘दुर्घटना न्यूनीकरणमा गम्भीर बन’ शिर्षकमा सम्पादकीय छापेको छ ।
त्यस्तै, गोरखापत्र दैनिकले पाल्पा जिल्लाको रम्भा गाउँपालिका ५ हुमिनमा शुक्रबार भएको बस दुर्घटनामा १५ जनाको अपुरणीय क्षति भएको छ भने नौ जना घाईते भएका छन् । अवलोकन भ्रमणमा रहेका तानसनेनका सहकारीकर्मी चढेको सो बस सडकबाट पाँच सय मिटर तल खसेको थियो ।
दुर्घटनाका सभारा दिनहुँजसो आईरहेका छन् । सडक सुरक्षा आज ठुलो चुनौतिको विषय बनेको छ ।, भन्दै ‘जोमिखमपुर्ण यात्रा’ शिर्षकमा सम्पादकीय छापेको छ ।

र, आजको कान्तिपुर दैनिकले संसद् बैठकमा नियमित उपस्थित नहूने, भए पनि हिँडिहाल्ने र मुल दायित्वभन्दा बाहिरका विषयमा अलमलिने सांसदहरुको कार्यशैली संघीय संसद्मा पनि पुनारावृत्ति भएको छ ।
संसदमा आर्थिक बर्ष २०७५, ७६ लागि प्रस्तुत बजेटजस्तो महत्वपुर्ण विषयमा छलफल चलिरहँदा समेत सांसद्हरुको न्युन उपस्थित देखिन्छ ।, ‘संसद्प्रति उदासीनता’ शिर्षकमा सँम्पादकीय लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू