अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

दिमागी काम गर्नेलाई पालगपनको सम्भावना कम

बिआरटीनेपाल २०७५ जेठ १९ गते २०:०२ मा प्रकाशित

सिकागो, जेठ १९ गते । १९ जेठ पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको छ ।

जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५ हजार ५८२ जना स्वस्थ चिनियाँ नागरिकमा गरेको अध्ययनले यस्तो देखाएको हो ।

प्रारम्भिक अध्ययन सन् २००५ मा सम्पन्न गरिएको थियो भने २००६ देखि २०१२ सम्म निरन्तर अध्ययन गरिएको थियो ।

बौद्धिक कामसम्बन्धी गतिविधिजस्तै किताब वा पत्रपत्रिका पढ्ने, तास खेल्ने, आदी काम गर्नेलाई अध्ययन केन्द्रित थियो ।

त्यो अध्ययनबाट यो निष्कर्ष निकालिएको थियो की, “बौद्धिक काममा सहभागी नहुनेभन्दा सहभागी हुनेलाई पागलपनको समस्या हुने सम्भावना न्यून हुनेदेखिएको छ ।” (रासस/सिन्ह्वा)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू