अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

संशोधनकै आश्वासनमा उपेन्द्र यादवको सत्तारोहण

बिआरटीनेपाल २०७५ जेठ १९ गते १९:५६ मा प्रकाशित

अरु मधेसकेन्द्रित दलले संविधान संशोधन माग्दै गर्दा उपेन्द्र यादव त्यसले नपुग्ने, पुर्नलेखन नगरी पछि नहट्ने चर्को अडानमा थिए । 

तीन बर्षअघिको तेस्रो मधेस आन्दोलनदेखि गत बर्षका तीन चरणका चुनावसम्मै उनले आफ्नो त्यही अडान एकनास दोहोर्याईरहे । तिनै नेता यादव संविधान संशोधनको मोटो सैद्धान्तिक सहमतिका भरमा सात बर्षको प्रतिपक्षी कित्ता बदल्दै सत्ता राजनीतिमा फर्केका छन् ।

यसोसँगै यादवको संघीय फोरमलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री केपी ओलीले दुई तिहाईको शक्ति आर्जन गरेका छन् । प्रदेश २ मा पकड रहेको फोरमको सत्तारोहणसँगै मधेसी भावनाको प्रतिनिधित्व देखाएर सरकारले मैदानी भुभागका असन्तुष्टिलाई मन्थर गर्ने प्रयत्न गरेको छ । नेपाल  साप्ताहिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू