अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२९ | Colorodo: 10:44

काठमाडौंमा हरेक महिना २० जनाको ब्रेनडेथ

बिआरटीनेपाल २०७५ जेठ १९ गते १९:५३ मा प्रकाशित

काठमाडौँ – ब्रेनडेथ भएका व्यक्तिका विभिन्न महत्त्वपूर्ण अङ्ग अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । तर, दुर्भाग्य के छ भने ब्रेनडेथ भएका व्यक्तिको अङ्ग प्रत्यारोपणमा जिम्मेवार स्वास्थ्य संस्थाहरू नै बाधक बनेका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

२४ सै घण्टा अङ्ग प्रत्यारोपण केन्द्र ‘ब्रेनडेथ’को केस फेला पार्ने प्रतीक्षामा छ । तर, कुनै पनि सरकारी तथा निजी अस्पतालले अहिलेसम्म केन्द्रमा खबर गरेका छैनन् । ‘ब्रेनडेथ’को कुनै घटना नभएर प्रत्यारोपणमा खबर नगरेका भने होइनन् । महिनामा कम्तीमा २० वटा ‘ब्रेनडेथ’का केस भएर पनि केन्द्रलाई अस्पतालहरूले जानकारी नदिएका हुन् । समन्वय अभावकै कारण ‘ब्रेनडेथ’ कार्यक्रम नै बन्द हुने करिब निश्चितजस्तो देखिएको छ ।

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ एक व्यक्तिको अङ्गबाट पाँचजनालाई नयाँ जीवन दिन सकिने बताउँछन् । तर, निजी चिकित्सकहरू भने केन्द्रका निर्देशक डा। पुकारचन्द्र श्रेष्ठको कार्यशैलीका कारण समन्वय नभएको आरोप लगाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू