अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 09:16

कोलोराडो पुराणको खर्च-आम्दानी छुट्ट्याउन समिति गठन

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ जेठ १९ गते १६:५९ मा प्रकाशित

गत अप्रिल-मे महिना कोलोराडोमा सम्पन्न भएको भागवत महापुराणको आम्दानी, खर्च पारदर्शी गर्न ३ सदस्यीय समिति गठन भएको छ । उक्त समितिमा सोम राज अर्याल, प्रकाश सिटौला तथा रोहित कुमार ढुङेल रहेका छन् । जुन महिनाको अन्तिम हप्ता टाउनहल मिटिङमा आम्दानी खर्चको फेहरिस्ता प्रस्तुत गरिने छ । कोलोराडोमा रहेका सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा गत अप्रिल २८ देखि मे ५ तारिख सम्म आयोजित श्रीमद भागवत पुराण सप्ताहमा दाताहरुले नगद र दान गर्न प्रतिबद्धता जनाएको रकम गरी जम्मा ५ लाख ८१ हजार १ सय ७१ डलर ६० सेन्ट सङ्कलन भएको छ । यो कुल आम्दानीबाट खर्च कटौती गरिएको छैन ।

कोलोराडोमा नेपाली सामुदायिक भवन निर्माणको लागि यो महापुरण आयोजना गरिएको हो । यो महापुराणमा ठुलो रकम दान गर्ने दाताहरुमा नेपाली घरको टिमबाट जम्मा १ लाख २५ हजार डलर, एनआरएन कोलोराडो च्याप्टर तथा हेल्प डेस्कबाट ५०,००० डलर, टिका तथा तुलसा सिटौला (सिटौला ब्रदर्स) परिवारबाट २६ हजार ५ सय ५५ डलर, दिनेश भट्टराई तथा मन्जु भट्टराई परिवारबाट २५ हजार १ सय ११ डलर, कोलोराडो स्प्रिङ्ग निवासी समाज सेवी पुरुषोत्तम पाण्डेको परिवारबाट २१ हजार डलर, इस्टेटपार्क निवासी कुमार तथा अनिता थापाको परिवारबाट १६ हजार १११ डलर, नवीन दत्त तथा निलम श्रेष्ठको परिवारबाट १५ हजार १ डलर, कोलोराडो स्पिरिट होमकेयर र एडल्ट डेकेयर इन्कर्पोरेटेड परिवारबाट ११ हजार १ सय ११ डलर ११ सेन्टस, लक्ष्मी फुडसका वनर कृष्ण काफ्ले तथा बेदा काफ्ले परिवारबाट ११ हजार १ सय ११ डलर, डा. विष्णु बहादुर श्रेष्ठ र सबिता श्रेष्ठको परिवारबाट ११ हजार १ डलर, पदम तथा कमला विश्वकर्मा परिवारबाट १०,००१ डलर, डा. बिजयराज शर्मा तथा प्रमिला शर्माले १० हजार १ डलर, बाबु काजी श्रेष्ठ परिवारबाट १० हजार १ डलर, नरबहादुर ढुङ्गेलका परिवारबाट १० हजार १ डलर सहयोग गर्ने प्रतिबद्धता भएको छ ।

त्यसै गरी अन्य दाताहरुमा तीर्थ बर्मा तथा शान्ति बर्मा परिवारबाट ५ हजार १ सय ११ डलर, हरि तथा दामन्ती बस्नेत परिवारबाट ५ हजार १ सय ११ डलर, कोलोराडो सिस्टरस ग्रुपबाट ५ हजार १ सय ११ डलर, पूर्ण बहादुर गुरुङ तथा हरि शोभा गुरुङ परिवारबाट ५ हजार १ सय डलर, लोङ्मन्ट हिमालयज लायन्स क्लबबाट ५ हजार ११ डलर, सोमनाथ अर्याल तथा मेरिना अर्याल परिवारबाट ५ हजार १ डलर, प्रवेश तथा बिमला उपाध्यायबाट ५ हजार १ डलर, सुशीला भण्डारी तथा जेसिका भण्डारीबाट ५ हजार १ डलर, उदय तथा शिबा बराल परिवारबाट ५ हजार १ डलर, विवेक तथा तृष्णा रेग्मी परिवारबाट ५ हजार १ डलर, अशोक न्यौपाने तथा गरिमा डाङी परिवारबाट ५ हजार १ डलर सहयोग गर्ने प्रतिबद्धता भएको छ ।

नेपाली चाड पर्व, रीति रिवाज, संस्कार र संस्कृति अमेरिकामा हुर्कँदो दोस्रो पुस्तामा हस्तान्तरण गर्न सामुदायिक भवनको निर्माणको कार्यले महत्त्वपूर्ण योगदान दिनेछ । अध्यक्ष मण्डलबाट छिट्टै सामुदायिक भवनको लागि पहल गर्ने छन। 

 

कोलोराडो सप्ताहका तस्बिरहरु

१४२ फोटोमा कलश यात्रा, कोलोराडो सप्ताह

कोलोराडो सप्ताह दोस्रो दिन (१७७ फोटोमा)

कोलोराडो सप्ताह मंगलबार मे १, २०१८ (११५ फोटोमा)

कोलोराडो सप्ताह मे ३ को फोटोहरू भाग १ (१२० तस्बिरहरू)

कोलोराडो सप्ताह मे ३ को फोटोहरू भाग २ (११५ तस्बिरहरू)

कोलोराडो सप्ताह मे ४ (शुक्रबार)का फोटोहरू (१९८ )तस्बिरहरू

कोलोराडो सप्ताहका समाचारहरु

कोलोराडो सप्ताह सम्पन्न, ५ लाख ८१ हजार १७१ डलर ६० सेन्ट्स सङ्कलन

नेपाली घर टिमबाट एक लाख २५ डलरको हजार प्रतिबद्धता

कोलोराडो सप्ताहको छैटौँ दिन १ लाख १ हजार ९ सय ९ डलर ११ सेन्टस सहयोग सङ्कलन

कोलोराडो सप्ताहको पाचौं दिन ८० हजार ९ सय ८७ डलर ५६ सेन्टस सहयोग सङ्कलन

कोलोराडो सप्ताह अहिले सम्ममा ३ लाख ४ हजार ४ सय ५७ डलर १९ सेन्ट्स सहयोग सङ्कलन

कोलोराडो सप्ताहको चौथो दिन १ लाख ४६ हजार ७ सय ८० डलर ६८ सेन्ट्स सहयोग सङ्कलन

कोलोराडो सप्ताहको तेस्रो दिन ९२ हजार १४१ डलर ११ सेन्ट्स सहयोग सङ्कलन

प्रतिक्रिया