अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

नेपाललाई हिमालय प्रवेशको देशको रूपमा स्थापित गर्ने उद्देश्यले नेपालमा हिमालयन ट्राभल मार्टको दोस्रो संस्करण सुरु

बिआरटीनेपाल २०७५ जेठ १९ गते ११:०६ मा प्रकाशित

नेपाललाई हिमालय प्रवेशको देशको रूपमा स्थापित गर्ने उद्देश्यले नेपालमा हिमालयन ट्राभल मार्टको दोस्रो संस्करण सुरु भएको छ । नेपालमा सम्भावित पर्यटकीय गतिविधिको जानकारी दिने र विदेशका पर्यटकीय प्रवद्र्धनका उपायको जानकारी लिने लक्ष्यसहित नेपाल पर्यटन बोर्ड र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको संयुक्त आयोजना उक्त मार्ट सुरु भएको हो ।

मार्टको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार राजधानीमा उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले मेलाले नेपालको स्थानीय तथा क्षेत्रीय पयर्टन प्रवद्र्धनमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । मार्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीबीच नेपालका पर्यटकीय विशेषताबारे छलफल हुने र नयाँ रुटबारे पनि जानकारी हासिल गर्न विशेष मद्दत पुग्ने उहाँको भनाइ थियो ।
पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले मेलामा उपस्थित मिडिया, ब्लगरले दिएको सही सूचना पछ्याउँदै नेपालमा पर्यटकको आगमन बढ्ने बताउनुभयो ।

मार्टले जुटाएको अवसरको फाइदा पर्यटन क्षेत्रका फलदायी हुने र यसले नेपाललाई विश्वमाझ चिनाउन सहयोग पुर्याउने उहाँको भनाइ थियो । इन्टरनेसनल चाइना इन्भेस्टमेन्ट फोरम (आईसीआईएफ) का अध्यक्ष डा. मार्कस लिले नेपालले चिनियाँ पर्यटकलाई लक्षित गरी बनाएको नयाँ वेबसाइटप्रति खुसी व्यक्त गर्दै त्यसलाई अझै प्रभावकारी बनाउन सकिने सुझाव दिनुभयो ।
आइतबारसम्म सञ्चालन हुने मार्टमा ३७ देशका १६० जना प्रतिनिधि सहभागी हुनेछन् ।

मार्टमा ५५ वटा स्टल रहेका छन् । मार्ट अवधिभरका विभिन्न विषयगत छलफल कार्यक्रममा १७ जना वक्ता रहने छन् । त्यस्तै ५७ वटा बिक्रेताले मार्टमा सहभागिता जनाएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू