अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

काँग्रेस भद्र प्रतिपक्षीको भूमिकामा छ : प्रवक्ता शर्मा

बिआरटीनेपाल २०७५ जेठ १९ गते १०:५२ मा प्रकाशित

प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले काँग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र कमीकमजोरी औँल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने रणनीति अपनाएको बताउनुभयो ।

“काँग्रेसले सडकमा चक्का जाम र सदनमा होहल्ला गर्ने काम गर्दैन शान्तिपूर्ण र रचनात्मक तरिकाले सरकारका नकारात्मक निर्णयको विरोध गर्छ”, प्रवक्ता शर्माले भन्नुभयो । उहाँले जनतालाई दुःख दिने काम काँग्रेसले कहिल्यै पनि नगर्ने स्पष्ट पार्नुभयो ।

काँग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको भन्दै पार्टीमा देखिएको गुटबन्दी र वामपन्थी एकताका कारण काँग्रेसले निर्वाचनमा पराजय भोगेको बताउँदै उहाँले अब पार्टीलाई नवीनतम बनाउन लागिएको उल्लेख गर्नुभयो ।

“काँग्रेसले नेतृत्व गरेको सरकारलाई जति चुनौती थिए, अहिले ओली नेतृत्वको सरकारलाई छैन, यो अवस्थामा पनि वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई आठ अंकमा पु¥याउन सकेन भने त्यो सबैभन्दा ठुलो दुर्भाग्य हुनेछ”, युवा नेता शर्माले भन्नुभयो ।

उहाँले प्रधानमन्त्रीलाई दृढ इच्छाशक्ति, विशाल हृदय र अधिकतम लचकता अपनाएर समृद्धिका पक्षमा अघि बढ्न पनि सुझाव दिनुभयो । उहाँले वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरकभन्दा पनि बढी महत्वाकांक्षी भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू