अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:११ | Colorodo: 20:26

राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपश्चात भारतबाट आज स्वदेश फर्के

बिआरटीनेपाल २०७५ जेठ १९ गते १०:३५ मा प्रकाशित

राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपश्चात भारतबाट आज स्वदेश फर्केका छन् ।

भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएर छोरा इन्दीवरको साथमा आज नेपाल वायु सेवा निगमको जहाजबाट दिउँसो स्वदेश फर्केको उनका छोरी उषा अधिकारीले जानकारी दिइन् ।

मेदान्तमा उपचार गराएपछि स्वस्थ्य भएका राष्ट्रकवि घिमिरे चिकित्सकको सल्लाहमा नै घर फर्केका हुन् ।

उनका अनुसार राष्ट्रकवि घिमिरे पुनः एक महिनापछि नियमित स्वास्थ्य परीक्षणका लागि चिकित्सकको सल्लाहअनुसार मेदान्त अस्पताल जाने कार्यक्रम रहेको छ। राष्ट्रकवि घिमिरको सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि उपचारका लागि गत जेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो ।

राष्ट्रकविको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार इकाई (हाइकेयर युनिट ) बाट गत जेठ १४ गते क्याबिनमा सारिएको थियो । मेदान्त अस्पतालका चिकित्सक डा रणवीर सुदको टोलीले उनको उपचार गरेको थियो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू