अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

यो साता शेयर बजारमा दुई अर्ब बढीको कारोवार

बिआरटीनेपाल २०७५ जेठ १९ गते १०:२९ मा प्रकाशित

धितोपत्र बजारमा यस साता रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजारबराबरको शेयर कारोवार भएको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १८३ कम्पनीको ४७ लाख ४४ हजार ८१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा आठ दशमलव ५६ प्रतिशत बढी हो ।

गत साता १८३ कम्पनीको रु एक अर्ब ९२ करोड २७ लाख ३१ हजारबराबरका ४१ लाख ३७ हजार ४३० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा सात दशमलव २५ अंकले बढेर अन्तिम दिन १३०७ दशमलव ६६ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव १७ अंकले बढेर २७५ दशमलव २८ अंकमा आइपुगेको छ ।

यस साता कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको रु सात करोड ५४ लाख ९० हजार बराबरको शेयर कारोवार भएको छ ।

यस्तै कारोवार भएको शेयर संख्याका आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो बैंकको तीन लाख ३७ हजार कित्ता शेयर कारोवार भएको छ ।

यस साता नेपाल स्टक एक्स्चेन्जको कारोवार कक्ष नियमित कारोवारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोवार भएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू