अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

डिसीमा तेस्रो नेप्लीज अमेरिकन कन्भेन्सन हुने, विभिन्न समितिको घोषणा

बिआरटीनेपाल २०७५ जेठ १९ गते १०:२२ मा प्रकाशित

यस वर्ष “नेप्लीज अमेरिकन कन्भेन्सन” अमेरिकाको राजधानी वासिङ्टन डिसीमा हुने भएको छ । एफ वान ग्रुपद्वारा हरेक वर्ष आयोजना हुँदै आइरहेको सम्मेलन आगामी तेस्रो सम्मेलन जून २९ शुक्रवार देखि १ जुलाई आइतबार सम्म हुनेछ भने कार्यक्रम हिल्टन डलस होटेलमा आयोजना हुने भएको छ ।

सन् २०१६ मा लस एञ्जलसमा सुरु गरिएको यस सम्मेलन, २०१७ मा टेक्ससको ड्यालस र अहिले २०१८ मा वासिङ्टन डी सीमा हुँदैछ । अमेरिकामा रहेका युवा वर्ग र बिशेषगरि खेलकुद, मनोरंन्जन , कला संस्कृतिमा रहेका वर्गहरूद्वारा स्थापित यस सम्मेलनको मूल उद्धेश्य खेलकुद, सांस्कृतिक, मनोरंन्जन, गोष्ठी, भेटघाट एवं दोस्रो पुस्ताका नेपाली अमेरिकनहरूको पहिचान र नेपालीत्वलाई नबिर्सी अमेरिकी समाजमा अगाडी बढी नेपाली अमेरिकनहरूको गौरव रहने वातावरणको सृजनाको निमित्त पनि आयोजना गरिएको आयोजकले छापा विज्ञप्ति मार्फत जनाएका छन् ।

३ दिन सम्म सञ्चालन हुने सम्मेलन मा जून २९ शुक्रवार बेलुकी ६ बजे उद्घाटन समारोह, बिहान ८ :०० बजे देखि नै फुटबल, बास्केटबल, भलिबल, क्रिकेटको खेलहरू सुरु गरिने जनाइएको छ । आफ्नै नेपाली भाईबहिनिहरु द्वारा प्रस्तुति रहने उक्त कार्यक्रमको संयोजक भर्जिनियामा रहेको नेपाली पाठशाला कि सञ्चालक बिना खड्का लामाको नेतृत्वमा हुने भएको छ ।

दोस्रो दिन मा पनि फुटबल, भलिबल, क्रिकेट, बास्केटबल सहित बालबालिकाहरूको विविध कार्यक्रम सहित नेपाली चलचित्र “छिरिङ्ग” को प्रदर्शन हुनेछ | शनिवार कै दिन कुशल बास्ताकोटीको आर्ट (चित्र) प्रदर्शनी पनि रहेको छ । साथै नेपालको ख्यातिप्राप्त लोक पप ब्याण्ड “कन्दरा” को कन्सर्ट हुने छ । कन्दरा ब्याण्ड पहिलो पटक र पहिलो कार्यक्रम नै शनिवार को दिन एन .एस .सी कन्सर्टमा हुनेछ ।

त्यस्तै गरी अन्तिम दिन जुलाई १ मा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट को फ़ाइनल खेल हरू हुनेछ । अन्तिम दिनको साँझ पुरस्कार वितरणको कार्यक्रम हुनेछ र हिप-हप साँझ हुनेछ । हरेक रात डिजे पनि रहने छ ।

नेपालबाट यस सम्मेलनका लागि नेपाल बिधुत प्राधिकरणका महा-प्रबन्धक कुलमान घिसिङ्ग, नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेल, नेपाल सरकारका लागि अमेरिकन राजदूत एलैना तेप्लित्ज लाई विशिष्ट अथितिका रूपमा निमन्त्रणा गरिएको छापा विज्ञप्तिमा जनाइएको छ ।

खेलकुद तर्फको कन्भेनर विज्ञान श्रेष्ठको संयोजन रहने छ भने विविध मनोरञ्जन कार्यक्रम को संयोजन अर्का को-कन्भेनर नीराकर उप्रेतीले गर्ने छन् । क्यालिफोर्निया मा २०१३ मा दर्ता गरिएको विद्यार्थीहरु सम्मिलित यस एफ वान ग्रुपले २०१३ मा अमेरिकामा रहेका ६ जना एफ वान विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको थियो ।

२०१४ मा गोर्खा को श्री महालक्ष्मी उच्च माध्यमिक स्कुल लाई ३ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको थियो । २०१५ को महाभुकम्पको बेला, एफ वान ग्रुपको संयोजनमा युवा क्लब भिमादसँग संयोजन गरेर, एफ वान ग्रुपको सभापति व्यास बिस्सुको नेतृत्वमा एक महिना भरि भूकम्प पीडित लाई कर ३५ लाख बराबरको खाध्य पदार्थ तथा अन्य सामग्री प्रत्यक्ष वितरण गरिएको थियो ।

२०१६ साल मा गोर्खा जिल्लाको तान्द्रंग गाविसमा भूकम्पद्वारा भत्किएको विद्यालय, एफ वान ग्रुप ले २३ लाखको खर्चमा श्री सिद्धकाली उच्च माध्यमिक विद्यालय, ताराखसेमा नयाँ ५ कोठे भवन निर्माण गरेको थियो ।

तेस्रो एनएससी आयोजक समितिमा विज्ञान श्रेष्ठ : को-कन्भेनर (वासिङ्टन डी सी ),निराकार उप्रेती : को-कन्भेनर (वासिङ्टन डी सी ),बिना खड्का लामा : सांस्कृतिक संयोजक (वासिङ्टन डी सी ), सन्जोग निरौला: हिपहप साँझ संयोजक (वासिङ्टन डी सी ),नवीन बस्नेत : इभेन्ट संयोजक (वासिङ्टन डी सी ),आशिक लामा : इभेन्ट उप-संयोजक (वासिङ्टन डी सी ),केभिन थापा : खेलकुद संयोजक (वासिङ्टन डी सी ), विवेक तामांग: फुटबल संयोजक (बाल्टिमोर), अनुराग बराल : बास्केटबल संयोजक (वासिङ्टन डी सी ), रमेश भट्ट : भलिबल संयोजक (बाल्टिमोर), प्रलय राज भण्डारी : खेलाडी अथिति संयोजक (न्यु योर्क ), जमिर महर्जन : कन्सर्ट संयोजक (डल्लास), अविनाश बास्तोला : संयोजक होटेल (वासिङ्टन डी सी ), अनुषा कार्की : लस एन्जलस, आइषा ओझा : डल्लास, सुशान्त जोशी : डल्लास बिशाल महत: डल्लास, पंकज श्रेष्ठ : डल्लास, मनन सापकोटा : डल्लास, कुसुम भण्डारी: बाल्टिमोर, शिव मल्ल : बाल्टिमोर रहेका छन् ।

यसै गरी गोविन्द सुबेदी: भर्जिनिया (Executive Member), कृष्णजीबी पन्थ : भर्जिनिया (Executive Member), अदिप रोका : बाल्टिमोर (Executive Member), विकास उप्रेती : डल्लास (Executive Member), दिवस थापा : डल्लास (Executive Member) तथा अनिल के सी : लस एन्जलस (Executive Member) रहेका छन् ।

उक्त जानकारी एफ.वान ग्रुप/एन एस सी का संयोजक बास बिस्सु (विश्व सुबेदी)द्वारा छापा विज्ञप्ति मार्फत जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू