अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२८ | Colorodo: 08:43

पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएकोमा नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण

बिआरटीनेपाल २०७५ जेठ १९ गते ८:५९ मा प्रकाशित

समाचार सङ्कलनका क्रममा ५ जना पत्रकारलाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिनुका साथै उनीहरूले क्यामेरामा खिचिएको दृश्यसमेत मेटाएको घटनाप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।

जेठ १७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल परिसरमा दिउँसो ३ः०० बजेतिर समाचार सङ्कलन गरिरहेका अनलाइन टिभी अन्नपूर्णका पत्रकारहरू राजु सुवेदी, सर्मिला सुवेदी, विमल खड्का, राजकुमार विष्ट र विनोद देवकोटालाई प्रहरीले ६ घण्टा नियन्त्रणमा लिएर मानसिक तनाव दिनुका साथै उनीहरूले क्यामेरामा खिचिएको दृश्यसमेत मेटाएका थिए ।

पत्रकारको समाचार सङ्कलन गर्ने संविधानप्रदत्त अधिकारलाई बिर्सेर आमनागरिको सुरक्षामा तैनाथ प्रहरीबाट भएको यो ज्यादतीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको महासङ्घको ठहर छ । महासङ्घ प्रहरीबाट भएको यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ । घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुका साथै पत्रकारको सुरक्षामा गम्भीर भई पत्रकारलाई निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाउन सरकारसग माग गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू