अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

पृथ्वी गोलो छ भन्दै आए प्रमोद खरेल (भिडियो सहित)

बिआरटीनेपाल २०७५ जेठ १८ गते १९:२० मा प्रकाशित

नेपाली सङ्गीत क्षेत्रमा लोकप्रिय तथा चर्चित गायक प्रमोद खरेलले यस गीतमा उनले ‘पृथ्वी’ गोलो छ भन्दै आएका छन् । सबै खालका गीतहरू गाएर दर्शक श्रोताको मन जित्न सफल भएका खरेलले माया प्रेमकै बारेमा पृथ्वी गीत लिएर आएका हुन् । उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका छन् भने भिडियोमा फिरोज तिमल्सिना र सारा सिरपालिको अभिनय हेर्न पाइन्छ । जीवन रिजाल र निराजन कार्कीले छायाँङकन गरेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका हुन् ।

आफ्ना विगतका गीतहरूलाई जस्तै यस गीतलाई पनि सबैले माया गरिदिनुहुनेछ भन्ने अपेक्षा राखेको छु खरेलले भने । स्वदेश तथा विदेशमा रहेका सबै दर्शकले आफूलाई गरेको मायाप्रति आभार व्यक्त गर्दै खरेलले यस गीतलाई हेरेपछि दर्शकको प्रतिक्रियाको समेत अपेक्षा गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू