अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२३ | Colorodo: 08:38

अमेरिकामा वर्ल्ड ब्लड डोनर डेको दिन रक्तदान कार्यक्रम हुँदै

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ जेठ १८ गते १८:४३ मा प्रकाशित

“Be there for someone else. Give blood. Share life” भन्ने मूल नारा सहित यही आउँदो जून १४ तारिख बिहीबारका दिन वर्ल्ड ब्लड डोनर डे र ब्लड डोनोर्स अफ अमेरिकाको स्थापनाको दिनमा ब्लड डोनेसनको कार्यक्रम हुने भएको छ । उक्त कुराको जानकारी ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय सदस्य तथा कोलोराडो संयोजक टिका पौडेलले बिआरटी नेपाललाई दिएका हुन ।

डोनेसन दिनलाई उक्त दिन बिहान नौ बजे देखि साँझ ४ बजेसम्म बोल्डर स्थित बोन्फिल्ड् रक्तदान केन्द्रमा रक्तदान गर्ने सकिने छ । साथै जुन १५ र १६ मा आफ्नो समय अनुसार पनि ब्लड डोनेसन गर्न सकिने पौडेलले भनेका छन् । रक्तदान कार्यक्रममा आयोजकले सहभागिताको लागि सबैैैलाई अपिल गरेको छ । रक्तदान गरौँ २०१८ को वर्ल्ड ब्लड डोनर्स डे मनाऔँ ।

रक्तदान गर्ने स्थान :
3113 28th St.
Boulder, CO 80304
303.363.2300

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू