अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

प्रियले ल्याए जन्मदिनमा गीत

बिआरटीनेपाल २०७५ जेठ १८ गते १७:४३ मा प्रकाशित

गीतकार, चलचित्र पत्रकार एवं कवि शान्तिप्रियले आफ्नो जन्मदिनको अवसर पारेर ‘अधर’ एल्बममा समाविष्ट गीत सार्वजनिक गरेका छन् । उनको मेरो दुरी चल्यो, मन भित्र हुरी चल्यो… बोलको सार्वजनिक गीतमा मायाका, प्रेम पिडाका एवं समर्पणका भावलाई समेटिएको छ । प्रियले आफ्नो गीति एल्बम अधरमा समावेश गरेको गीतलाई म्युजिक भिडियो निर्माण गरी सार्वजनिक गरेका हुन् । 

गीतको सङ्गीतकार दीपक शर्मा हुन् भने चर्चित गायक राज सिग्देलले गाएका हुन् । सुदिप सागरले यस गीतलाई एरेञ्ज गरेका छन् । भिडियोलाई गीतकार स्वयम् प्रियले निर्देशन गरेका छन् भने गीतमा शुशान्त कार्की, अनामिका चौलागाई र रश्मि रोदन फिचरीङ गरिएका छन् । गीतको छायांकार एवं सम्पादक माधवराज खरेल हुन् भने रङ्ग संयोजन विरेन्द्र भाट ‘विपिन’ हुन् ।

गीत प्रेमको उच्चतम् बिन्दुमा समर्पण भएको गीतकार शान्तिप्रियले बताए । एक अर्काप्रति समर्पित प्रेममय जोडीमा सानो बिछोड वा दुरी पनि कति पिडादायी हुन्छ भन्ने कुरा गीतले बोलेको प्रियले बताए । गीतलाई छायाँछवि क्रियशनले निर्माण गरेको हो । 

प्रतिक्रिया