अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

डिसीमा भक्तराज आचार्यको सहयोगार्थ सत्य/स्वरूपको प्रस्तुति हुने

बिआरटीनेपाल २०७५ जेठ १८ गते १७:२७ मा प्रकाशित

लामो समय देखि जिब्रोको क्यान्सर (अबुर्द) रोगबाट पीडित नेपालका ख्याति प्राप्त वरिष्ठ कलाकार भक्त राज आचार्यको सहयोगार्थ डिसीमा कार्यक्रम हुने भएको छ । उक्त च्यारिटी सोको लागि उनका दुई छोरा सत्य /स्वरूप राजको विशेष प्रस्तुति हुने छ ।

आर एन आर समूहको प्रस्तुतिमा उक्त च्यारिटी सो हुने छ । आगामी जुन २ तारिख शनिवार साँझ ७ बजे कार्यक्रम हुनेछ । भर्जिनियाको फेयर फ्याक्स स्थित तन्दुरी नाइट्स चमेना गृहमा कार्यकम हुनेछ । प्रवेश शुल्क $ ३० डलर रात्रि भोजन सहित समावेश गरिएको छ । अन्य जानकारीको लागि रोशन पुरीलाई ७०३ -६२५-७३२९ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया