अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१९ | Colorodo: 00:34

एलिशाको ‘मखमली चोली’मा अल्छिए पुष्प (भिडियो)

दिप सन लुइटेल, काठमाडौँ २०७५ जेठ १८ गते १७:२२ मा प्रकाशित

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रवार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘मखमली चोली’ बोलको गीत सार्वजनिक गरिएको हो। राजन खतिवडाको सङ्गीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर सुन्न सकिन्छ । 

पछिल्लो समय निकै व्यस्त गायक सुमन केसी र रुचाइएकी गायिका मेलिना राई गीतबाट निकै आशावादी रहेको बताउँछन्। गायक सुमन भन्छन्, ‘गीतमा धेरै मेहनत गरिएको छ। मेहनत अनुसार दर्शक-श्रोताले रुचाउने आशा लिएका छौँ।’

त्यस्तै, एक गाउँले परिवेशको सुन्दर युवतीको ‘मखमली चोली’ देखेर एक युवा आकार्षित भएको कुरालाई गीतको मध्यमबाट उत्तारिएको गीतकार अम्बिका गुरुङले बताइन्। गुरुङ यस वर्ष गीतकार सङ्घले छानेको उत्कृष्ट गीतकारको टप १० सूचीमा परेकी छिन्।

शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ। निकै सुन्दर लोकेशनमा खिचिएको भिडियोमा पुष्प र एलिशाको केमेष्ट्रि खुबै मिलेको देखिन्छ। भिडियोमा पुष्प र एलिशाको प्रेमलाई देखाइएको छ। भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको निर्देशक शान थापा बताउँछन्।

राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। श्याम श्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर फडिन्द्र राई हुन्।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया