अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२२ | Colorodo: 14:37

कोलोराडोमा समर पिकनिक हुँदैं

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ जेठ १८ गते १७:१३ मा प्रकाशित

अमेरिका स्थित कोलोराडोमा रहेका नेपालीहरू बिच भेटघाट र एक आपसमा सद्भाव बढाउने उद्धेश्यले दुई दशक देखी प्रत्येक वर्ष आयोजना गरिँदै आएको समर पिकनिक यो वर्ष पनि शनिबार जुलाई १४, २०१८ मा विभिन्न कार्यक्रम सहित कोलोराडोको नोर्थग्लेन पार्कमा हुँदैछ ।

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा हुने उक्त समर पिक्निक कार्यक्रममा निबन्ध लेखन प्रतियोगिता, विभिन्न खेलकुद: सकर, गल्फ, टेनिस, टेबुल टेनिस, भलिबल, बाई साइकल रेस, बास्केट बलको प्रतियोगिता हुनेछ भने हाइस्कुल ग्राएजुएसन गर्नेलाई प्रमाण पत्र पनि वितरण गर्ने कार्यक्रम रहेको जानकारी अध्यक्ष विनोद त्रिपाठीले बिआरटी नेपाललाई दिएका छन् ।

बाल बालिका, वृद्ध, वृद्धा, युवा युवती सबै उमेरका व्यक्तिहरूलाई नेपाल झल्कने टि सर्ट लगाएर आउन आयोजक टिमले अनुरोध गरेको छ । 

फाइल तस्बिर

प्रतिक्रिया