अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२२ | Colorodo: 01:37

दोस्रो हिमालयन ट्राभल मार्ट सुरु

बिआरटीनेपाल २०७५ जेठ १८ गते ९:५० मा प्रकाशित

नेपाल सहित हिमाली भेगको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आज देखि राजधानीमा दोस्रो हिमालयन ट्राभल मार्ट सुरु भएको छ । नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र पाटा नेपाल च्याप्टर लगायतका पर्यटकीय संघ संस्थाहरुको संयूक्त आयोजनमा संचालित मार्ट तीन दिन सम्म चल्ने छ ।

मार्टमा पर्यटन व्यवसायी, ट्राभल ब्लगर्स, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मिडिया, पर्यटन विद लगायत २ सय ५० भन्दा बढीको सहभागिता रहेको जनाईको छ । पर्यटन प्रवद्र्धका विभिन्न आयामहरुबारे उनीहरु बीच समूहगत छलफल हुने छ । आज पहिलो दिन मार्टको ब्लगर मिटको उद्घाटन गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पर्यटन विकास सरकारको प्रमुख प्राथमिकतामा रहेको उल्लेख गरे । उनले पर्यटन विकासका लागि सरकारले विभिन्न योजनाहरु ल्याएको भन्दै व्यवसायीहरुसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता पनि जनाए ।

त्यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालमा पर्यटनको ठुलो सम्भावना रहेको भन्दै त्यसले मुलुकको आर्थिक विकासका लागि समेत महत्वपूर्ण योग्दान दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू