अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

तीन नम्बर प्रदेशको नीति तथा कार्यक्रम, एक दशकपछि पेट्रोलियम पदार्थबाट चल्ने गाडि प्रतिबन्ध

बिआरटीनेपाल २०७५ जेठ १८ गते ९:४६ मा प्रकाशित

हेटौडा,  काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतिमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधन संचालनमा पूर्ण प्रतिबन्ध लगाईने भएको छ ।

प्रदेश नम्बर ३ को सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोगमा बृद्धि गर्दै २०८५ सालदेखि पेट्रोलियम पदार्थबाट चल्ने साधनमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

प्रदेश सरकारले आफ्नो प्रदेश अन्तरगत रहेको रसुवा बाहेक सबै जिल्लालाई जोड्ने गरी प्रदेश गौरवका योजनाका रुपमा ‘पुष्पलाल प्रदेश चक्रपथ’ अगाडि बढाउने कार्यक्रम अघि सारेको छ ।

३ नम्बर प्रदेशका प्रमुख अनुराधा कोइरालाले प्रदेश संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौं उपत्यका काँठमा ग्रामीण चक्रपथ समेत निर्माण गर्ने योजना अघि सारको बताएकी छिन् ।

यसैगरी साना, घरेलु एवं कुटिर उद्योगलाई प्रोत्साहित गरी एक घर एक रोजगारको नीति अवलम्बन गर्दै उत्पादित बस्तु सहकारी मार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाइने भएको छ ।

एक स्थानीय तह एक उद्योग ग्राम स्थापना यर्ने योजना प्रदेश सरकारले अघि सारेको छ ।

‘अन्तर्राष्ट्रिय बौद्ध परिपथ’ र ‘अन्तर्राष्ट्रिय पशुपति परिपथ’को संभाव्यता अध्ययन गर्ने,, रसुवा जिल्लाको स्याफ्रुबेशी देखि लाङ्टाङ उपत्यकाको क्याङजिङ्ग जाने पदयात्रा मार्गलाई ‘डा.प्रल्हाद योञ्जन रेड पाण्डा पदयात्रा मार्ग’ नामाकरण गर्ने योजना नीति तथा कार्यक्रममा उल्लेख छ । सार्थै पर्यटन प्रबद्र्धनका लागि गोसाइकुण्ड लगायतका स्थानमा केबलकार स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

साथै वैदेशिक रोजगारमा रहेका नागरिकहरुको सेयर लगानी रहने गरी उद्योग स्थापना गर्ने सम्बन्धी कानून बनाइने भएको छ भने फर्पिङ्गस्थित नेपालको पहिलो विद्युत गृह चन्द्रज्योति विद्युतगृह, सुन्दरीजल जलविद्युत गृह, पहिलो मानव निर्मित चुरिया सुरुङ जस्ता ऐतिहासिक सम्पदालाई राष्ट्रिय सम्पदा घोषणा गरी पर्यटन प्रवद्र्धन गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू