अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री

बिआरटीनेपाल २०७५ जेठ १८ गते ९:३७ मा प्रकाशित

केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री हुने भएका छन्। शुक्रबार मन्त्री नियुक्त संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र नेता मोहम्मद इस्तियाक राईको सपथ अघि ओली सरकारमा दुई उपप्रधानमन्त्री राख्ने निर्णय भएको हो।

रक्षा मन्त्री ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री यादव उपप्रधान मन्त्री हुनेछन्।

यादव यसअघि २०६५ सालमा परराष्ट्र तथा उपप्रधानमन्त्री भएका थिए। नवनियुक्त मन्त्रीहरू यादव र इस्तियाकले आजै सपथ लिएका छन्।

यसै गरी सूचना तथा संञ्चार प्रविधिमन्त्री गोकूल  बास्कोटा को राज्यमन्त्री बाट मन्त्रीमा पद्न्नती भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू