अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५८ | Colorodo: 02:13

वेस्ट इन्डिजविरुद्धको मैत्रीपूर्ण खेलमा विश्व–११ पराजित

बिआरटीनेपाल २०७५ जेठ १८ गते ३:३६ मा प्रकाशित

नेपालका सन्दीप लामिछाने सम्मिलित विश्व–११ टोलीलाई मैत्रीपूर्ण ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलमा वेस्ट इन्डिजले ७२ रनले पराजित गरेको छ ।

युवा स्पिनर लामिछाने सम्मिलित अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व–११ टोलीले गएराति इंग्ल्याण्डको लर्ड्समा वेष्ट इन्डिजसँग मैत्रीपूर्ण खेल खेलेको थियो । खेलमा २ सय रनको विशाल योगफल पछ्याएको विश्व–११ टिम १२७ रनमै अलआउट भयो ।

कुनै समय ८ रनको स्थितिमा ४ विकेट गुमाएको विश्व–११का लागि मध्यक्रमका ब्याट्सम्यान थिसरा परेराले आक्रामक ब्याटिङ गर्दै ३७ बलमा ६१ रन जोडे । नेपालका सन्दिपले भने अविजित ४ रनको योगदान गरे ।

यसअघि खेलमा पहिले व्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन जोडेको थियो । वेस्ट इन्डिजका लागि सुरुवाती व्याट्सम्यान एविन लेविसले ५८ रन, मार्लोन स्यामुएल्स ४३ रन तथा दिनेश राम्दीनले अविजित ४४ रन जोडेका थिए ।

बलिङतर्फ विश्व ११ का रसिद खानले २ विकेट झार्दा १ ओभरमात्र बलिङ गरेका सन्दीपले १२ रन खर्चिए । उनले विकेट हासिल गर्न सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू