अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

पाल्पा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, १५ जना घाइते

बिआरटीनेपाल २०७५ जेठ १८ गते ३:२५ मा प्रकाशित

काठमाडौं । पाल्पाको तानसेनबाट रामपुर जाँदै गरेको लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । ।शुक्रबार बिहान रम्भा गाउँपालिका–४, होमिनमा बस दुर्घटना भएको हो । उक्त दुर्घटनामा १५ जना घाइते भएका छन् ।

दुर्घटनामा ९ जना पुरुष र ३ महिलाको मृत्यु भएको र सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको बताइए पनि कारण खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू