अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५४ | Colorodo: 00:09

नेपाल युरो-३ गाडीको डम्पिङसाइट

बिआरटीनेपाल २०७५ जेठ १७ गते १९:५० मा प्रकाशित

काठमाडौं – भारतले तीव्र गतिमा बढिरहेको वायु प्रदूषण नियन्त्रण गर्न १ अप्रिल २०१७ बाट युरो-३ मापदण्डका सवारीसाधन निषेध गरेपछि यस्ता सवारी साधन नेपाल भित्रिने क्रम बढेको छ । 

भारतको सुप्रिम कोर्टले युरो-३ मापदण्डका गाडी बिक्री तथा दर्तामा समेथ रोक लगाए पछि त्यहाँ हाल यस्ता गाडीको उत्पादन पनि बन्द भएको छ । आजको नागरिक दैनिकको पृष्ठ ३ मा यो समाचार छापिएको छ ।

भारतमा युरो ३ मापदण्डठका आठ लाख सवारी साधन स्टक रहेको उल्लेख छ । पछिल्लो समय ती गाडीको बिक्री स्थल नेपाल बनेको छ । युरो-३ गाडीलाई वायु प्रदूषणको प्रमुख कारक मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू