अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

रक्तदान, सय किलोमिटर साइकल यात्रा र बन्जिजम्प एकै दिन गरेर अनौठो रेकर्ड

बिआरटीनेपाल २०७५ जेठ १७ गते १९:११ मा प्रकाशित

काठमाडौँ–रक्तदान गरेर १ सय किलोमिटर साइकल यात्रा । त्यसमाथि बन्जी जम्प पनि । पोखराका प्रख्यात साइकल यात्री जितेन्द्रमान शाक्यले यस्तो साहसिक काम एकै दिन सम्पन्न गरेका छन् । साइकल यात्रामै रमाउँदै आएका शाक्यले बुधाबार राजधानीको बालकुमारीस्थित ब्लड बैङ्कमा बिहान रक्तदान गरेर साइकल यात्रा सुरु गरेका थिए । उनको यात्रा १ सय किलोमिटर टाढाको भोटेकोशीस्थित द लास्ट रिसोर्टमा दिउँसो टुंगिएको थियो ।

त्यस लगत्तै उनले बन्जीजम्प समेत गरे । एकै दिन रक्तदान, साइकल यात्रा र बन्जीजम्प गरेर उनले अनौठो साहसिक रेकर्ड कायम गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू