अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४७ | Colorodo: 14:02

१० वर्षपछि पुनः पर्दामा एकसाथ सञ्जय र मनिषा

बिआरटीनेपाल २०७५ जेठ १७ गते ८:२१ मा प्रकाशित

अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’मा उनकी आमाको भुमिका अभिनेत्री मनिषा कोइरालाले निभाइरहेकी छन् । सञ्जय दत्तको अर्को फिल्ममा अभिनेत्री कोइरालाले उनको पत्नीको भुमिकामा देखिने छन् ।

जानकारीमा आएअनुसार सञ्जय दत्त प्रोडक्शनले तेलेगु फिल्म ‘प्रस्थानम’को हिन्दी रिमेक बनाउदैछ । यो फिल्म फ्लोरमा गएको खण्डमा सञ्जय दत्त र मनिषा कोइराला १० वर्षको अन्तरालपछि एकसाथ आउनेछन् ।

सञ्जयको बायोपिक फिल्म ‘सञ्जु’मा अभिनेत्री मनिषाले काम गरिरहेकी छन् । यो फिल्ममा सञ्जय दत्तको भुमिकामा रणवीर कपुरले काम गरेका छन् । फिल्ममा मनिषाले सञ्जयकी आमा नरगिसको भुमिका निभाएकी छन् । ‘सञ्जु’ फिल्ममा रणवीर कपुर, परेस रावल, अनुष्का शर्मा, दिया मिर्जा, मनिषा कोइराला लगाएतले मुख्य भुमिकामा काम गरेका छन् ।एजेन्सी

प्रतिक्रिया