अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 07:53

रणनीतिक त्रुटिका कारण काँग्रेसको हार : नेता सिटौला

बिआरटीनेपाल २०७५ जेठ १७ गते ८:१३ मा प्रकाशित

दाङ : नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले रणनीतिक त्रुटिका कारण काँग्रेसले हार व्यहोर्नुपरेको बताउनुभएको छ ।

नेपाली काँग्रेस दाङले आज घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा उहाँले भन्नुभयो, “चुनावमा हार व्यहोर्नुपरे पनि काँग्रेस जनताको मनबाट हारेको छैन ।”

नेता सिटौलाले अब काँग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै त्यसका लागि पार्टी एकताबद्ध भएर अगाडि बढ्नेछ भन्नुभयो ।

“काम गर्दा भएका गल्ती र कमजोरी सच्चाएर एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ,” उहाँले भन्नुभयो, “पार्टीलाई समयको मागअनुसार अगाडि बढाउनुपर्छ, त्यसो नगर्दा काँग्रेसले मुलुकलाई नेतृत्व दिन सक्दैन्, त्यसैले मुलुकलाई नेतृत्व प्रदान गर्न काँग्रेसका हरेक कार्यकर्ताले पार्टीभित्र सकारात्मक दबाब दिनुपर्छ ।”

नेता सिटौलाले राजनीति आफ्नो लागि नभई राज्यका लागि गर्नुपर्नेमा जोड दिदैं पछिल्लो समय राजनीतिमा व्यक्तिगत स्वार्थ हावी हुदैगएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू