अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

विश्वकप फुटबलको तयारी खेलमा रुस र जापान पराजित

बिआरटीनेपाल २०७५ जेठ १७ गते ७:५३ मा प्रकाशित

काठमाडौं, १७ जेठ । रुसमा अर्को महिना हुने विश्वकप फुटबलको तयारी स्वरुप खेलिएका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरुमा रुस र जापान पराजित भएका छन् ।

गएराति भएको खेलमा एसियन फुटबलको महारथी जापानलाई अफ्रिकी टोली घानाले २-० ले हरायो । यसैगरी विश्वकप आयोजक रुसलाई अष्ट्रियाले १-० ले निराश पार्‍यो ।

मैत्रिपूर्ण फुटबलकै अर्को खेलमा ईस्टोनियाले लिथुआनियालाई २-० ले हराउँदा मालावी र बोत्सवानाले गोलरहित बराबरी खेलेका छन् । एजेन्सी

प्रतिक्रिया