अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

प्रशान्त, अर्पण र दीयाको मुख्यभूमिमा ‘कस्मिक लभ’ बन्ने

बिआरटीनेपाल २०७५ जेठ १७ गते ७:४९ मा प्रकाशित

भिलेनका रुपमा परिचित अभिनेता प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दीया मास्केको प्रमुख भूमिकामा फिल्म ‘कस्मिक लभ’ निर्माण हुने भएको छ । यी तीन स्टार्सले पहिलो पटक एकअर्कासँग काम स्कृन साझेदारी गर्न लागेका हुन् ।

जय गौतमले निर्माण गर्ने यस फिल्मलाई शंखर अधिकारीले निर्देशन गर्नेछन् । मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुती रहने फिल्मका लागि अन्य कलाकारको छनौट प्रक्रिया जारी रहेको निर्देशक अधिकारीले जानकारी दिए ।

असार १ गतेबाट छायांकन सुरु हुन लागेको कस्मिक लभुलाई सुरेश बज्राचार्यले खिच्नेछन् । यस्तै, कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने फाइनल भइसकेका छन् । शेखर ज्ञवालीको कथा रहेको फिल्ममा बाबु साहेबको द्वन्द्व रहने छ ।

प्रतिक्रिया