अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

राष्ट्रिय संगीतकर्मी सङ्घमा कार्कीको नेत्तृत्व

गोपी कृष्ण, काठमाडौँ २०७५ जेठ १६ गते १८:०७ मा प्रकाशित

राष्ट्रिय संगीतकर्मी सङ्घको चौथो महाधिवेशनबाट राजेन्द्रकुमार कार्कीको नेत्तृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ । ब. उपाध्यक्ष, प्रथम उपाध्यक्ष, महासचिव, उप.महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष पदमा पनि सर्वसम्मत चयन भएका छन् भने अन्य पदमा निर्वाचन गरिएको थियो ।

गएको सोमबार सङ्घको केन्द्रीय कार्यालय कोटेश्वरमा सपथग्रहण तथा पदभार ग्रहण गरियो । पदभारग्रहण गर्दै सङ्घका नवनिर्वाचित उपाध्यक्ष गायक प्रकाश कटुवालले अब सबै कलाकारको हितका लागि राष्ट्रिय भेला गर्ने र कलाकारको समस्याहरू सम्बन्धित निकायसम्म पुर्‍याउने बताएका छन् ।

शनिवार महाधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले कलाकारहरूका अधिकारहरूलाई संस्थागत गर्नको लागि आवश्यक कानुन निर्माण गर्ने आश्वासन दिएका थिए ।

समाज र संस्कृतिलाई जर्गेना गर्ने खालका गीत रचना गर्न र सङ्गीत भर्न आग्रह गर्दै मन्त्री तामाङले आवश्यक कानुन निर्माण गरेर रोयल्टीमा देखिएको समस्या समाधान गरिने बताए । वरिष्ठ गायक कुमार बस्नेतले सङ्घको महाधिवेशन सफलताको कामना गर्दै नेपाली गीत सङ्गीतलाई मौलिकताको रूप बनाउँन आग्रह गरेका छन् । कार्यक्रममा वरिष्ठ गायक कुमार बस्नेत, भोला थापा, वरिष्ठ गायिका तारा थापा, कोमल बलि, कृष्ण कँडेल लगायत कलाकारहरूलाई सम्मान गरिएको थियो ।

उद्घाटन सत्र राष्ट्रिय संगीतकर्की सङ्घका अध्यक्ष नबराज घोरासैनीको अध्यक्षतामा भएको हो ।उक्त समारोहमा राष्ट्रिय सभा सदस्य तथा चर्चित गायिका चर्चित गायक तथा समाजसेवी बिक्रमजङ शाह, कोमल बलि, वरिष्ठ लोक गायक कुमार बस्नेत, संस्थापक अध्यक्ष घमेश दुलाल, पुर्बअध्यक्ष रेसम थापा, वरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना प्रथम ,उपाध्यक्ष राजेन्द्रकुमार कार्की, उपाध्यक्ष प्रकाश कटुवाल डिबि लोप्चन, अमृत खाती, उमा श्रेष्ठ, शर्मिला श्रेष्ठसमेत उपस्थित थिए । महाधिवेशन उद्घाटन कार्यक्रमकाबीच राष्ट्रिय संगीतकर्की सङ्घको स्मारिका पनि विमोचन गरिएको थियो ।