अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 09:16

आफूभन्दा १० वर्ष कान्छो निकलाई डेट गर्दै छिन् प्रियंका

बिआरटीनेपाल २०७५ जेठ १६ गते ११:४८ मा प्रकाशित

एजेन्सी नयाँ दिल्ली । लामो समयदेखि सिंगल रहेकी बलिउडकी हट नायिका प्रियंका चोपडाले अमेरिकन सिंगर निक जोन्सलाई डेट गरिरहेकी छन् । हालै प्रियंका र निकका केही तस्बिरहरू सार्वजनिक भएका छन् ।

उक्त तस्बिरमा उनीहरू निकै क्लोज भएको देखिन्छ । प्रियंका र निकको प्रेम सम्बन्धबारे बलिउडमा मात्र नभएर हलिउडमा समेत चर्चा सुरु भएको छ । प्राप्त जानकारीका अनुसार प्रियंका आफू भन्दा १० वर्ष कान्छो निकसँग प्रेममा रमाइरहेकी छन् ।

प्रियंका चाँडै ३६ वर्षकी हुँदै छिन् भने निकले सेप्टेम्बरमा आफ्नो २६औँ जन्मदिन मनाउने तयारी गरेका छन् । प्रियंका र निकले भने आफ्नो प्रेम सम्बन्धबारे केही प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया