अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३७ | Colorodo: 01:52

रोजगारी सृजना र पुर्वाधार विकासलाइ मुख्य प्राथमिकतामा राखिएको अर्थमन्त्रीको भनाई

बिआरटीनेपाल २०७५ जेठ १६ गते ११:२९ मा प्रकाशित

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटले राखेको ८ प्रतिशतको आर्थिक वृद्धिदर सहज रहेको बताएका छन् ।

अर्थमन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै खतिवडाले  कृषी, उद्योग, सेवा क्षेत्रको योगदान बढने भन्दै ८ प्रतिशतको आर्थिक बृद्धिदर लक्ष्य सम्भव रहेको स्पष्ट पारे । प्रतिपक्षीदल कांग्रेस र केही अर्थमामिला जानकारहरुले आगामी बर्षमा उनले सोचो जस्तो ८ प्रतिशतको आर्थिक वृद्धि सहज नभएको  महत्वकाक्षा भएको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री खतिवडाले रोजगारी सृजना पुर्वाधार विकासलाइ मुख्य प्राथमिकता दिएर बजेट ल्याइएको बताएका छन्  । रोजगारी सृजना पुर्वाधार विकासलाइ मुख्य प्राथमिकता दिएर बजेट ल्याइएको मन्त्री खतिवडाको भनाई छ । मन्त्री खतिवडाले जनसहभागितमा आधारित रोजगार र सिप विकास मार्फत स्व आर्जन गर्न सक्षम बनाउने तर्फका कार्यक्रमहरु बजेटमा समावेश गरिएको उल्लेख गरे ।यसको लागि मन्त्रालयले कार्यविधि निर्माणको तयारी गरेको बताउदै सो लक्षित बर्गमा कार्यमम पुग्ने  जानकारी दिए । बजेटमा गरिएको ब्यवस्था अनुशार रोजगार तथा अध्यायनका लागि ऋण लिनेहरुका लागि ऋणको वीमा र कर्जाको सुरक्षाको ब्यवस्था गरिने भन्दै मन्त्री खतिवडाले कार्यक्रमको प्रभावकारी कार्यान्नवन हुने विश्वास ब्यक्त गरे ।

यसै गरी उनले बजेटले ८ खर्ब ३१ अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको कर छली गर्नेमाथि कडा कारबाही गरिने बताए ‘राज्यको आधारभूत मार्गदर्शन भन्दा बाहिर कोही पनि जान पाउँदैन, राज्यले व्यवसाय गर्ने अवसर सबैलाई दिन्छ, व्यवसायीले पनि राज्यप्रतिको दायित्व पालना गर्नुपर्छ। नगर्नेलाई अब पालना गर्न लगाइन्छ’ उनले भने । कर छलीलाई वित्तीय अपराधको रुपमा ब्याख्या गर्दै मन्त्री खतिवडाले आवश्यक परेमा ब्यक्तिको बैंक खातासमेत अध्ययन गरिने बताए ।उनले भने ‘बैंक खाता गोप्य हो त्यो मलाई पनि थाहा छ, तर वित्तीय अपराध गर्नेहरुको अब दायरा बाहिर गएर पनि अध्ययन गर्नुपर्ने हुन्छ ।’

सरकारले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक स्रोतबाट ७ सय ५० मेगावाटको पश्चिम सेती आयोजना निर्माण गर्ने सम्वन्धमा उनले डिपिआर  भएको तत्काल काम शुरु गर्न सकिने आयोजना भएकाले सरकार आफैले बनाउन चाहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू