अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

बजेटले नीजि लगानी लाई प्रोत्साहीत गर्न नसकेको नेपाली काँग्रेसको निष्कर्श

बिआरटीनेपाल २०७५ जेठ १६ गते ११:०८ मा प्रकाशित

 

नेपाली काँग्रेसले सरकारले हिजो संसदमा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेटले सपना बाढ्ने मात्र काम गरेको आरोप लगाएको छ

बजेटका विषयमा समिक्षा गर्न बसेको काग्रेस संसदीयदलको बैठकले बजेटले यस अधि सरकारले नै ल्याएको नीति तथा कार्यक्रमलाई समेत सम्बोधन गर्न नसकेको निष्कर्श निकालेको छ।

आर्थिक संबृध्दि हासिल गर्ने दिशामा सरकारको लगानी मात्र पर्याप्त नहुने हुदा नीजिक्षेत्रको लगानी आबश्यक रहने भन्दै काग्रेसले  बजेटले नीजि लगानी लाई प्रोत्साहीत गर्न नसकेको निष्कर्श निकालेको छ।

लगानी बृध्दिका लागी नीतिगत सुधार, प्रशासनिक संयन्त्रको क्षमता विस्तार र लगानीको वाताबरण निर्माण जस्ता विषयहरुलाई बजेटले संम्बोधन गर्न नसकेको काँग्रेसको निष्कर्श छ।

बैठकको निर्णयका बारेमा जानकारी गराउदै नेपाली काँग्रेस संसदीयदलका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेट व्यबहारिक नभएर  सपना मात्र बाड्ने खालको रहेको बताउनु भयो।

सरकारले प्रत्येक नेपालीको टाउकोमा १४ हजार ६ सय रुपैयाँ ऋण भार थप्ने गरि बजेट ल्याएको भन्दै उहाँले करको दाएरा नबढाएर बजेटले करको दरहरुमा भारी बृध्दि गरेकाले नेपाली जनतामाथी करको बोझ थप्ने काम गरेको बताउनु भयो।

राष्ट्रिय योजना आयोगका पूर्ब उपाध्यक्ष गोविन्द पोखरेलले समाजबाद तर्फ उन्मुख हुनलाई पहिला पूजी बृध्दि आबश्यक रहेको भन्दै पूजी बृध्दिकालागी बजेटले लगानी कर्ताहरुको हौसला बढाउन नसकेको बताउनु भयो।

बजेटका सम्बन्धमा धारणा बनाउन काँग्रसले अर्थविदहरुलाई समेत बोलाएर छलफल गरेको थियो।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू